close

एक वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र

टेकपाना टेकपाना

पुस २५, २०७९ १८:३४

एक वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र

काठमाडौं । सरकारले एक वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजना ल्याएको छ । सोमबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यो घोषणा गरेका हुन् । 

फरक फरक कार्यालयमा नागरिकता लगायत डकुमेन्ट पटक पटक बुझाउनुपर्ने झन्झटलाई हटाउन राष्ट्रिय परिचयपत्रलाई प्रचलाउन ल्याउने योजना पनि सरकारले ल्याएको छ ।

हालसम्म राष्ट्रिय परिचयपत्र एवं पञ्जीकरण विभागले ४३ जिल्लामा घुम्ती टोलीमार्फत नागरिकको वैयक्तिक एवं जैविक विवरण संकलन कार्य सम्पन्न गरिसकेको छ भने थप १५ जिल्लामा यो अभियान जारी छ । साथै सबै जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न सकिन्छ ।

विभागले सात लाखकाे हारहारीमा कार्ड छपाई सकेपनि वितरण कार्य चुस्त हुन सकेकाे छैन । यसै सन्दर्भमा सरकारले एक वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने योजना ल्याएको छ ।

पछिल्लो अध्यावधिक: पुस २५, २०७९ १८:५०