close

के तपाईँकोमा पनि वर्ल्डलिङ्कको इन्टरनेट चलेन ?

टेकपाना टेकपाना

माघ ५, २०७९ १२:४१

के तपाईँकोमा पनि वर्ल्डलिङ्कको इन्टरनेट चलेन ?

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ल्डलिङ्कका केही ग्राहकले आफ्नोमा इन्टरनेट सेवा नचलेको भन्दै गुनासो गर्न थालेका छन् । बिहीबार बिहानदेखि कम्पनीका केही ग्राहकले यस किसिमको गुनासो टिपाएका हुन् ।

हामीले कम्पनीसँग यस विषयमा बुझ्ने प्रयास गरेका थियौँ । वर्ल्डलिङ्कका एक प्रतिनिधिले कम्पनीको एमपीएलएफ नेटवर्कमा 'ग्लिच' (केही प्राविधिक समस्या) देखिएका कारण निश्चित क्षेत्रका ग्राहकले इन्टरनेट सेवामा समस्या महसुस गरेको हुन सक्ने बताए ।

यसैबीच कम्पनीले एक सूचना समेत जारी गरेको छ । "प्राविधिक कारणले हाम्रो सेवा र ग्राहक प्रभावित हुन पुगेकोमा हामी क्षमाप्रार्थी छौँ," कम्पनीले भनेको छ, "अबको करिब १.५ घण्टामा सेवा नियमित हुने छ ।" तत्कालको सहायताका लागि ९८०१५२३०५० मा सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ । 

"समस्या समाधानका लागि हामीले ग्राहकलाई अर्को नेटवर्कमा सिफ्ट गर्ने काम गरिरहेका छौँ," कम्पनीका प्रतिधिनिले भने ।

पछिल्लो अध्यावधिक: माघ ५, २०७९ १३:२७