close

नवप्रवर्तनलाई बढावा दिने ४ कुरा

डेभिड डी अर्नोल्ड

माघ १०, २०७९ १८:३६

नवप्रवर्तनलाई बढावा दिने ४ कुरा

नवप्रवर्तन आजको आवश्यकता हो । हामीले नवप्रवर्तनलाई बढाए मात्र दिगो विकासको लक्ष्य प्राप्त गर्न सक्छौं । तर नवप्रवर्तन वृद्धि गर्न विभिन्न कुराले प्रभाव पार्ने गर्छ ।

वातावरण सिर्जना

नवप्रवर्तनलाई प्रवर्द्धनका लागि विशेष गरेर वातावरण बनाउन राज्यले ध्यान दिनुपर्छ । राज्यले विज्ञान तथा प्रविधिमा हुने विभिन्न अध्ययन तथा अनुसन्धानलाई सहयोग गर्न सक्छ ।

नयाँ प्रविधि तथा स्टार्टअपहरुमा लगानी मात्र होइन, उनीहरुलाई हौसला र प्रोत्साहनसमेत दिनुपर्छ । त्यस्तै नवप्रवर्तन, उद्यमीहरुबीच एक नेटवर्क बनाउनुपर्छ । सो कुरालाई आर्थिक फाइदामा प्रयोग गर्न सक्नुपर्छ ।

प्रविधिमा पहुँच

नेपालले यो कुरामा धेरै समस्या झेलिरहेको छ । यहाँ बालबालिकाहरुले डिजिटल पुस्तकालयको पहुँच प्राप्त गर्न सकेका छैनन् । नेपालमा जम्मा ३८ प्रतिशत मात्र इन्टरनेटको पहुँच छ ।

धेरैजनाले सामान्य डिजिटल सुुविधा प्रयोग गर्न सकेका छैनन् । यसकारण आधुनिक प्रविधिहरू जस्तो क्लाउड कम्प्युटिङ, बिग डेटा, रोबोट,  फिनटेक, ब्लकचेन, जेनेटिक इन्जिनियरिङ जस्ता प्रविधि प्रयोग र पहुँचमा निकै गृहकार्य गर्नुपर्ने हुन्छ ।

 

डिजिटल डिभाइसकाे सही सदुपयाेग

नवप्रवर्तन र प्रविधिबाट हुने फाइदाको निश्चित हामीले कसरी गर्छौं भन्ने कुरा प्रमुख चुनौतीका रुपमा छन् । प्रविधि भएर वा निर्माण गरेर मात्र हुँदैन । त्यो किन निर्माण गरिन्छ, भन्ने कुरा निश्चित हुनुपर्छ ।

प्रविधि तथा नवप्रवर्तनले सामाजिक तथा आर्थिक विभेद भन्दा पनि विकास र वृद्धि गर्नुपर्छ । 

मानव पूँजी

डिजिटल साक्षरता, डिजिटल सीप र उद्यमशीलता यी सबै आजका मानव पूँजी हुन् । आजको विश्व मानवका लागि यी अत्यावश्यक सीप हो । यी कुरा नवप्रवर्तनको इकोसिस्टममा महत्त्वपूर्ण हुन्छन् ।

(नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले मंगलबार आयोजना गरेकाे राष्ट्रिय नवप्रवर्तन सम्मेलनमा द एसिया फाउन्डेसनका अध्यक्ष तथा सीईओ डेभिड डी अर्नोल्डले दिएका प्रस्तुतिको सम्पादित अंश)

पछिल्लो अध्यावधिक: माघ १०, २०७९ १८:४३