close

भिरिन्ची कलेजमा आजदेखि आईसीटी मेला

टेकपाना टेकपाना

माघ १३, २०७९ ८:२७

भिरिन्ची कलेजमा आजदेखि आईसीटी मेला

काठमाडौं । ललितपुरस्थित भिरिन्ची कलेजको आयोजनामा आजदेखि  तेस्रो संस्करणकाे ‘आईसीटी मेला’ हुने भएको छ ।

मेलामा कलेजका ब्याचलर्स अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी (बीआईसीटी) सफ्टवेयर इन्जिनियरिङका विभिन्न सेमेस्टर अध्ययनरत विद्यार्थीहरूले तयार पारेका सूचना तथा सञ्चार प्रविधिका परियोजनाहरू प्रदर्शनी गरिने कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आकाश सिम्खडाले जानकारी दिए ।

यसअन्तर्गत स्मार्ट हाउस सोलुसन, सेल्फ ब्यालेन्सिङ रोबोट, फेस डिटेक्सन डिभाइस, स्मार्ट ऐना, स्मार्ट सिंचाई, स्मार्ट पार्किङ आदि रहेका छन् । त्यस्तै यस मेलामा रोबो र्‍याम्प रेस अर्थात् रोबट रेस प्रतिस्पर्धा, र्‍यापिड कोडिङ च्यालेन्ज जस्ता प्रतियोगिताहरु समेत रहेका छन् ।

साथै मेलाका अवलाेकनकर्तालाई लक्षित गरेर होलोग्राफी डिस्प्ले, मान्छेलाई पिछा गर्ने रोबोट, ह्यान्ड गेस्चर कार अर्थात हातको इशारामा चल्ने कार, एलईडी क्युब र आईसीटी गेम समेत रहेको सीईओ सिम्खडाले बताए ।  त्यस्तै मेलामा फुड स्टल, फुट पियानो  र स्क्युड गेमसमेत हुनेछन् । 

कलेज परिसरमा हुने मेलामा अवलोकनका लागि निःशुल्क प्रवेशकाे व्यवस्था मिलाइएकाे छ ।

पछिल्लो अध्यावधिक: माघ १३, २०७९ ८:२९