close

‘सातै प्रदेशमा इनोभेसन सेन्टर खोल्दै छौँ’

टेकपाना टेकपाना

माघ १३, २०७९ १९:४

‘सातै प्रदेशमा इनोभेसन सेन्टर खोल्दै छौँ’

काठमाडौं । राष्ट्रिय युवा परिषदले सातै प्रदेशमा इनोभेसन सेन्टर (नवप्रवर्तन केन्द्र) खोल्ने भएकाे छ । परिषदका कार्यसमिति सदस्य रमाकान्त शर्माले सबै प्रदेशमा इनाेभेसन सेन्टर खाेल्ने कार्य तीव्र रुपमा अगाडि बढेको जानकारी दिएका छन् ।

ललितपुरमा शुक्रबार भएको ‘नेपाली युवा इन क्लाइटमेट एक्सन एन्ड ग्रीन ग्रोथ’ परियोजना को वार्षिक प्रगति प्रतिवेदन पेश गर्ने कार्यक्रममा भएको प्यानल छलफलमा उनले सो कुराको जानकारी दिए ।

सातै प्रदेशमा खुल्ने इनोभेसन सेन्टरमा नवप्रवर्तन सम्बन्धी गतिविधि हुने भन्दै उनले त्यहाँ युवाले परियोजनाको सुरुदेखि अन्तसम्म बसेर काम गर्नसक्ने सुनाए ।

“कुनै परियोजना एक हप्तासम्म चल्छ । कुनै एक महिनासम्म चल्छ । त्यस्तै कोही आवासीय रुपमा नै बसेर काम गर्नुपर्ने हुन्छ । ​यसकारण इनोभेसन सेन्टर युवाहरुको आवश्यता अनुसार चल्छ,” उनले भने ।

इनोभेसन सेन्टरले युवाको विज्ञता अनुसार बन्ने उत्पादनहरुलाई बजारसम्म लान सहयोग गर्ने उनकाे भनाइ थियाे । तर इनोभेसन सेन्टर कुनै एक संस्थाको पहलमा मात्र खोल्न र सञ्चालन गर्न नसकिने भएकाले सबैले सहयोग गर्नुपर्नेमा उनले जाेड दिए ।

पछिल्लो अध्यावधिक: माघ १३, २०७९ १९:४