close

ओपनएआईले तयार पार्‍यो एआईले लेखेका टेक्स्ट पत्ता लगाउने टुल

टेकपाना टेकपाना

माघ १८, २०७९ १४:७

ओपनएआईले तयार पार्‍यो एआईले लेखेका टेक्स्ट पत्ता लगाउने टुल

काठमाडौँ । च्याटजीपीटी, ड्यालई जस्ता लोकप्रिय टुल निर्माता कम्पनी ओपन एआई (OpenAI)ले नयाँ एआई टुल सार्वजनिक गरेको छ । 'क्लासिफायर' (classifier) नामक यस टुलले कुनै पनि टेक्स्ट एआईले लेखेको हो वा हाेइन भन्ने कुरा पत्ता लगाउन सक्छ ।

च्याटजीपीटी सार्वजनिक गरेको करिब दुई महिनापछि कम्पनीले मंगलबार याे एआई टुल सार्वजनिक गरेको हो । यसमार्फत कुनै पनि लेखलाई एआई टुल प्रयोग गरी लेखिएको हो नभन्ने कम्पनीको भनाइ छ ।

संसारभर च्याटजीपीटीको दुरुपयोग हुन थालेपछि यो टुल धेरै विवादित बन्दै आएको छ । कतिपय ठाउँमा यस टुलमाथि प्रतिबन्ध नै लागिसकेको छ ।

ओपनएआईका संस्थापक तथा सीईओ साम अल्टम्यान भन्छन्, "प्रविधिको विकाससँगै विगतबाटै शिक्षामा पनि आमूल परिवर्तन आइरहेको छ । विशेषगरी क्याल्कुलेटरको उदयसँगै शिक्षा सहज हुँदै गएको छ । हामीले विकास गरेको टुलले शिक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास गरेका छौँ । त्यसैले शिक्षकहरूलाई एआई टुलले लेखेका टेक्स्ट पत्ता लगाउन हामीले नयाँ टुल सार्वजनिक गरेका छौँ ।"

कुनै पनि टेक्स्टलाई एआईले तयार पारेको हो वा होइन भन्ने कुरा पत्ता लगाउने ओपन एआईको टुल नयाँ भने होइन । यसअघि प्रिन्सटल युनिभर्सिटीका विद्यार्थीले जीपीटीजीरो सार्वजनिक गरेका थिए ।

त्यस्तै कम्पनी आफैंले पनि सन् २०१९ मा 'डिटेक्टर' नामक टुल सार्वजनिक गरेको थियो । कम्पनीले सार्वजनिक गरेको नयाँ टुलले भने यी टुलहरूभन्दा सटीक तरिकाले टेक्स्ट पहिचान गर्न सक्ने ब्लगपोस्टमा उल्लेख छ ।

कम्पनीको नयाँ टुलमा एक पटकमा १००० क्यारेक्टरका शब्द परीक्षण गर्न सकिने बताइएको छ । कम्पनीले हालसम्म यसलाई अङ्ग्रेजी बाहेक अन्य भाषाका लागि उपयुक्त नहुने भनिएको छ । कम्पनीले तयार पारेको टुलबाट टेक्स्ट परीक्षण गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: माघ १८, २०७९ १४:७