close

वर्ल्ड ई-स्पोर्ट च्याम्पियनशिपमा सहभागी हुने नेपाली टोलीको छनोट सुरु

टेकपाना टेकपाना

माघ २२, २०७९ १८:२४

वर्ल्ड ई-स्पोर्ट च्याम्पियनशिपमा सहभागी हुने नेपाली टोलीको छनोट सुरु

काठमाडौँ । वर्ल्ड ई-स्पोर्ट च्याम्पियनशिपमा सहभागी हुने नेपाली टोलीको छनोट प्रक्रिया सुरु भएको छ । नेपाल ई-स्पोर्ट्स एसोसियएस (नेसा) ले विभिन्न अनलाइन गेमका लागि छनोट प्रक्रिया सुरु गरेको हो ।

"वर्ल्ड ई-स्पोर्ट्स च्याम्पियनशिपमा सहभागी हुन नेपाली टोलीको छनोट प्रक्रिया सुरु भएको छ," टेकपानासँग कुरा गर्दै नेसाका अध्यक्ष सुरज डङ्गोलले भने, "ई-सपोर्ट्समा रुचि राखेर खेल्ने तथा विश्वस्तरको प्रतिस्पर्धामा सहभागी हुन चाहने टोलीले आफ्नो टिम दर्ता गर्न सक्नेछन् ।"​

ईस्पोर्ट्स अन्तर्गतका डोटा-२ (Dotta-२), सीएसगो (CSGO), पब्जी मोबाइल (PUBGm), एमएलबीबी (MLBB), टेक्केन सेभेन (Tekken-7) र ई-फुटबल (e-football) का लागि छनोट सुरु भएको हो । यसमा छनोट हुनका लागि सबैभन्दा पहिला टिम दर्ता गराउनु पर्ने हुन्छ । छनोट प्रक्रियामा सहभागी हुन निःशुल्क टिम दर्ता गर्न सकिनेछ ।

कसरी दर्ता गर्ने टिम ?

-  त्यसका लागि सबैभन्दा पहिले आईएमई पेको एप डाउनलोड गर्नुहोस् । 

-   त्यसपछि केवाईसी भेरिफाई गर्नुहोस् र त्यसको प्रक्रिया सकिएपछि टिम दर्ताको प्रक्रिया सुरु गर्न सकिन्छ । 

-  अनि तल रहेको प्रमोसनल ब्यानरमा रहेको 'रोड टु आईएसआई रजिस्ट्रेसन ओपन' को फोटोमा क्लिक गर्नुहोस् ।

-   आफ्नो ईमेल राख्दै आफू सहभागी हुन चाहेको गेम छान्नुहोस् । त्यसपछि हरेक गेमका आफ्नै प्रक्रिया अनुसार दर्ता गर्न सकिन्छ ।

सहभागी हुन इच्छकु नेपाली टोलीले आगामी २९ गतेसम्म दर्ता गराइसक्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: माघ २४, २०७९ १८:४८