काठमाडाैँ । वि.सं. २०५८ मा भक्तपुर नगरपालिकाले स्थापना गरेको ख्वप: इन्जिनियरिङ कलेजले पूर्वाञ्चल कलेजबाट सम्बन्धन प्राप्त गरी स्नातक र स्नातकोत्तर तहमा इन्जिनियरिङ र अन्य विषयका कोर्षहरू सञ्चालन गरिरहेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयले वि.सं. २०७६ मा सम्बन्धनप्राप्त कलेजहरुमध्ये ख्वप: लाई उत्कृष्ट कलेज घोषणा गरेको थियो ।
यस कलेजले प्रत्येक वर्ष ‘अर्थक्वेक इन्जिनियरिङ’बारे सम्मेलन गर्दै आएको छ । त्यस्तै कलेजले ‘आर्किटेक्चर ट्रेन्ड’ र दिगो सामाजिक विकासका लागि ऊर्जाको भूमिकामा अन्तर्राष्ट्रिय सम्मेलन पनि गर्दै आएको छ ।
साथै जेनिस एकेडेमीसँग सहकार्य गरी कलेजले आईटी विद्यार्थीलाई अतिरिक्त शिक्षाकाे व्यवस्था गरेकाे छ ।
यस कलेजमा हरेक काेर्षमा भक्तपुर नगरपालिकाबाट २५ प्रतिशत, भक्तपुर जिल्लाबाट २० प्रतिशत, दुर्गम जिल्लाबाट पाँच प्रतिशत र अन्य जिल्लाबाट ५० प्रतिशत विद्यार्थी छनाेट गरिन्छ ।
शब्द-चित्रमा ख्वपः
कलेज नाम: ख्वप: इन्जिनियरिङ कलेज
सम्बन्धन: पूर्वाञ्चल विश्वविद्यालय
संस्थापक/सञ्चालक: भक्तपुर नगरपालिका
सञ्चालक समिति: सुनिल प्रजापति (मेयर, भक्तपुर नगरपालिका), राजनी जोशी (उपमेयर-भक्तपुर नगरपालिका), ई. सुजन माका (प्रिन्सिपल, कलेज)
विद्यार्थी संख्या: ९९२
शिक्षक/विद्यार्थी संख्या: शिक्षक ५२ र कर्मचारी ४७ गरी कुल ९९
कलेजका अन्य संस्था
यस कलेजको ‘सिस्टर इन्स्टिच्युट’ का रुपमा निम्न शैक्षिक संस्था छन् :
-ख्वप: कलेज अफ इन्जिनियरिङ
-ख्वप: सेकेन्डरी स्कुल
-ख्वप: कलेज
-ख्वप: कलेज अफ ल
-ख्वप: पोलिटेक्निक इन्स्टिच्युट
-शारदा सेकेन्डरी स्कुल
-शारदा क्याम्पस
उत्तीर्ण विद्यार्थीको अवस्था
विभिन्न विषय अध्ययन गरेर उत्तीर्ण भएका विद्यार्थीको अवस्थाबारे कलेजले हालै तयार पारेकाे प्रतिवेदनअनुसार ४२ प्रतिशत विद्यार्थी निजी कम्पनीमा, ७.६ प्रतिशत सरकारी र ७.६ प्रतिशत गैरसरकारी संस्थामा काम गरिरहेका छन् ।
त्यस्तै ३.८ प्रतिशत उद्यमी, २०.६ प्रतिशत विश्विद्यालयकाे अनुसन्धान परियाेजना र १८.४ अन्य क्षेत्रमा कार्यरत छन् ।
आईटी काेर्ष
बीई कम्प्युटर
कम्प्युटर सिस्टम र नेटवर्कहरुको डिजाइन, डेभलपमेन्ट र मेन्टेनेन्स गर्न यो कोर्ष बनाइएको हो । यस कोर्षमा प्रोग्रामिङ, एल्गोरिदम, कम्प्युटर आर्टिकेक्चर, डेटाबेस र कम्प्युटर सेक्युरिटी आदि विषयको अध्यापन हुन्छ ।
यस कोर्षको अध्ययन गरेका विद्यार्थीहरु आईटी लगायत अन्य उद्योगमा समेत काम गर्न सक्छन्, जहाँ उनीहरु सफ्टवेयर डेभलपमेन्ट, नेटवर्क एड्मिनिस्ट्रेसन, डेटा एनालिस्ट आदि भएर काम गर्न सक्छन् ।
कलेजमा यस कोर्षको भर्ना क्षमता ४८ सिट रहेको छ । त्यस्तै शुल्क ७ लाख ३० हजार रुपैयाँ रहेको छ ।
कोर्षबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
बीई इलेक्ट्रोनिक्स, कम्प्युनिकेसन एन्ड अटोमेसन
विभिन्न इलेक्ट्रोनिक्स सिस्टम र कम्प्युनिकेसन नेटवर्कहरुको डिजाइन र इम्प्लिमेन्टेसनका लागि यो कोर्ष तयार पारिएको हो । यस कोर्षमा इलेक्ट्रोनिक्स, कम्प्युनिकेसन थ्याेरी, अटोमेसन, कन्ट्रोल सिस्टम आदि विषयको अध्यापन हुन्छ ।
यस कोर्षले विशेषत: इलेक्ट्रोनिक्स, कम्प्युनिकेसन र अटोमेसन विषयको ज्ञान प्रदान गर्छ । अध्ययन गरेका विद्यार्थी टेलिकम्प्युनिकेसन, कन्ज्युमर इलेक्ट्रोनिक्स र अटोमेसन सिस्टम जस्ता उद्योगमा काम गर्न सक्छन् ।
कलेजमा यस कोर्षका लागि ४८ जना विद्यार्थीकाे सिट निर्धारण गरिएकाे छ । त्यस्तै शुल्क सात लाख ३० हजार रुपैयाँ रहेको छ ।