close

स्टार्अपलाई प्रवर्द्धन गर्न 'रिभ्याम्प नेपाल २०२३' आयोजना हुँदै, निःशुल्क सहभागी हुन सकिने

टेकपाना टेकपाना

माघ २७, २०७९ १०:४४

स्टार्अपलाई प्रवर्द्धन गर्न 'रिभ्याम्प नेपाल २०२३' आयोजना हुँदै, निःशुल्क सहभागी हुन सकिने

काठमाडौं । भोलि शनिबार रिभ्याम्प नेपालको पाँचौं संस्करण ठमेलको छायाँ सेन्टरमा आयोजना हुने भएको छ । स्टार्टअप तथा नयाँ उद्यमीलाई बजार अवस्थाबारे जानकारी दिन, लगानीकर्तासँग जोड्ने र सेवा वा उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना हुन लागेको हो । 

कार्यक्रममा ७० भन्दा बढी उद्यम व्यवसायहरूको सहभागिता हुनेछ भने सात हजार बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । कार्यक्रम शनिबार बिहान १० बजेदेखि साँझ सात बजेसम्म हुनेछ । स्टार्टअपलाई केन्द्रित उक्त कार्यक्रममा निःशुल्क सहभागी हुन सकिन्छ । 

महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानलाई प्रेरित गर्नका लागि २०२१ बाट रिभ्याम्प नेपालले यो अवधारणा ल्याएको थियो । 

पाँचौंमा संस्करणले सहभागीहरूलाई प्रत्यक्ष रूपमा सम्भावित ग्राहक तथा साझेदारहरूसँग अन्तरक्रिया गर्न सहयोग पुर्याउने आयोजकको विश्वास छ । स्टार्टअपले आफ्ना उत्पादन र सेवाहरू प्रवर्द्धन गर्न मद्दत गर्नका लागि प्लेटफर्म प्रदान गर्ने आयोजकले उल्लेख गरेको छ ।

 

 

पछिल्लो अध्यावधिक: माघ २७, २०७९ १०:४४