close

२० प्रतिशत कर्मचारी कटौती गर्दै याहु

टेकपाना टेकपाना

माघ २९, २०७९ १४:५

२० प्रतिशत कर्मचारी कटौती गर्दै याहु

काठमाडौं । चर्चित टेक कम्पनी याहुले २० प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । हाल कम्पनीमा कुल ८ हजार ६ सय कर्मचारी रहेका छन् । त्यसमध्ये कम्पनीले २० प्रतिशत कर्मचारी कटौती गर्ने भएको हो । यसको असर करिब एक हजार कर्मचारीमा पर्ने जनाइएको छ ।

कम्पनीका अनुसार विशेषगरी विज्ञापन विभाग अन्तर्गतका कर्मचारी यसबाट बढी प्रभावित हुनेछन् । कम्पनीले विज्ञापन शाखालाई नयाँ रुपमा अघि बढाउने योजना बनाएको छ । यस्तोमा उक्त विभागका कर्मचारी सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको छ ।

पछिल्लो केही महिना यता विश्वका ठूला प्रविधि कम्पनीहरबिच कर्मचारी कटौती गर्ने होडबाजी नै चलेको छ । यसअघि गुगल, फेसबुक, अमेजन, नेटफ्लिक्स लगायतका कम्पनीले ठूलो मात्रामा कर्मचारी कटौती गर्ने निर्णय लिइसकेका छन् । प्रविधि कम्पनीहरूले लिएको निर्णयलाई पछ्याउँदै याहुले समेत कर्मचारी कटौती गर्ने निर्णय गरेको हो । 

विशेषगरी विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीका कारण प्रविधि कम्पनीहरूले पछिल्लो समय कर्मचारी कटौती गरिरहेका छन् । कोभिड–१९ को समयमा प्रविधिको प्रयोग उल्लेख्य रुपमा वृद्धि हुँदा कम्पनीहरूको आम्दानीमा समेत वृद्धि भएको थियो । प्रविधिको बढ्दो प्रयोग र आम्दानीमा आएको उल्लेख्य वृद्धिलाई पछ्याउँदै कम्पनीहरूले कर्मचारी समेत थप गरेका थिए ।

उक्त समयमा ठुलो मात्रामा थप भएका कर्मचारी अहिलेको समयमा आर्थिक भार हुन पुगेसँगै कम्पनीहरूले कर्मचारी कटौती गरिरहेको समेत जनाइएको छ ।


 

पछिल्लो अध्यावधिक: माघ २९, २०७९ १४:५