काठमाडाैं । गुगलले आफ्नो क्रोम ब्राउजरमा गुगल लेन्सकाे सुविधा दिएकाे छ । फोटोमा राइट क्लिक गर्दा “Search Google for image” विकल्पलाई रिस्टोर गर्ने यो एक निकै उपयोगी टुल हो ।
गुगल इमेजको साथ रिभर्स इमेज सर्च गर्नु भनेको इमेजको स्रोत पत्ता लगाउन र इन्टरनेटमा यसको अन्य उदाहरण फेला पार्ने उपयोगी तरिका हो ।
यदि तपाईंले अनलाइनमा अनक्रेडिटेड (क्रेडिट नदिएको) तस्वीर फेला पार्नुभयो भने, तपाईंले त्यो तस्वीर पहिलो पटक प्रकाशित भएको ठाउँमा क्रिएटर को हो भनी पत्ता लगाउन पनि सक्नुहुन्छ ।
यदि तपाईं फोटोग्राफर हुनुहुन्छ वा आफैं क्रिएटर हुनुहुन्छ भने, तपाईंको आफ्नै काममा रिभर्स इमेज सर्च गर्नाले इन्टरनेटमा त्यस इमेज देखापर्ने सबै ठाउँ फेला पार्न मद्दत गर्न सक्छ । अनाधिकृत प्रयोग (जस्तै कपिराइट उल्लङ्घन) गरिएको खण्डमा तपाईंले कारबाही समेत गराउन सक्नुहुन्छ ।
गुगल लेन्समार्फत यसरी रिभर्स इमेज सर्च गर्नुहोस्
गुगल लेन्स रिभर्स इमेज सर्च टुल नभएपनि यसले तपाईंलाई भिजुअल सामग्रीभित्र देखिएका चीजहरूको बारेमा धेरै कुरा पत्ता लगाउन सघाउँछ । गुगलले पूर्णरूपमा राइट क्लिक मार्फत रिभर्स सर्च गर्न सकिने सुविधा पूर्णरुपमा ल्याइसकेको छैन ।
तपाईं कन्टेन्टको इमेजमा राइट क्लिक गरेर search image with google lens गर्न सक्नुहुन्छ । त्यसपछि तपाईंलाई अर्को पेजमा लगिनेछ, जसमा गुगल लेन्सले ठ्याक्कै त्यही इमेज को सट्टा इमेजमा के समावेश छ त्यससँग मिल्दोजुल्दो रिजल्ट देखाउने छ ।
तपाईं गुगल लेन्स सर्च रिजल्टको तल स्क्रोल गर्दै जानुभयो भने क्लासिक गुगल इमेजको रिभर्स इमेज सर्चमार्फत त्यही इमेज खोज्न सक्नुहुन्छ ।
“Didn’t find what you were looking for?” “Retry with Google Images.” को छेउमा Try it बटन देख्न सक्नुहुन्छ ।
“Try it” बटन क्लिक गरेपछि तपाईंलाई पुराना गुगल इमेज परिणामहरूमा लगिनेछ, जुन इमेज रिभर्स इमेज सर्चका लागि सर्च गरिएको इमेजसँग ठ्याक्कै मिल्छ ।
त्यसपछि “Find other sizes of this image” को तल All Sizes वा मध्ये कुनै एक लिंक छानेर सम्बन्धित इमेजको सबै इमेज हेर्न सक्नुहुन्छ ।
रिभर्स इमेज सर्च रिस्टोर गर्न गुगल लेन्स हटाउनुहोस् ।
यदि तपाईं Google लेन्स अप्सनबाट पूर्णरूपमा छुटकारा पाउन चाहनुहुन्छ र राइट क्लिकबाट “Search Google for image” फिर्ता ल्याउन चाहनुहुन्छ भने क्रोम फ्ल्याग टगल अन र अफ गर्न सक्नुहुन्छ।
पहिले, आफ्नो क्रोम सर्च बारमा chrome://flags/ सर्च गर्नुहोस् र इन्टर थिच्नुहोस्, त्यसपछि गुगल लेन्स इन्ट्रीमा तल स्क्रोल गर्नुहोस् ।
एकपटक तपाईंले परिवर्तन गरिसकेपछि, क्रोमले तपाईंलाई “अर्को पटक क्रोम पुन: लन्च गर्दा बल्ल परिवर्तनले काम गर्नेछ। जब क्रोम पुन: लन्च हुन्छ, तपाईंले आफ्नो दायाँ-क्लिक मेनुमा “Search for Google image”अप्सन देख्न सक्नुहुन्छ ।