close

टेलिकमका ६० हजार पोस्टपेड प्रयोगकर्ताको ब्यालेन्स एकाएक गायब भएपछि...

टेकपाना टेकपाना

फागुन ४, २०७९ १७:५१

टेलिकमका ६० हजार पोस्टपेड प्रयोगकर्ताको ब्यालेन्स एकाएक गायब भएपछि...

काठमाडौं । बिहीबार नेपाल टेलिकमका ६० हजारभन्दा धेरै पोस्टपेड मोबाइलका ग्राहकको ब्यालेन्स गायब भएको पाइएको छ । कम्पनीको उच्च स्रोतका अनुसार उक्त मात्राका ग्राहकको फोनमा ब्यालेन्स कम हुने तथा वन वे हुने  समस्या देखिएको हो ।

टेलिकमको बिलिङ सिस्टममा समस्या आउँदा यस्तो समस्या आएको बताइएको छ । कम्पनीले एक सूचना जारी गर्दै उक्त समस्या समाधान भई सम्पूर्ण सेवा नियमित रूपमा सञ्चालनमा रहेको दाबी गरेको छ ।

"नेपाल टेलिकमले प्रत्येक अङ्ग्रेजी महिनाको १५ तारिखमा पोस्टपेड सेवाको मासिक बिल प्रशोधन (बिल रन) गर्ने गरेको छ," सूचनामा भनिएको छ ।

"यो कार्य सामान्यतः १५ तारिख राति सुरु गरी सोही रातभरमा सम्पन्न हुने गरेको छ । यसपटक मासिक बिल प्रशोधन गरी हिसाब मिलान गर्ने कार्य सम्पन्न हुन केही समय लागि बिहानको समयमा केही ग्राहकको फोनमा ब्यालेन्स कम हुने र वन वे हुने जस्ता समस्या आएको हो ।"

टेलिकमले यसबाट ग्राहक महानुभावहरूमा पर्न  गएको असुविधाप्रति क्षमा याचना गरेको छ । "सेवाग्राहीलाई अविच्छिन्न रुपमा गुणस्तरीय दूरसञ्चार सेवाहरू प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध छ," सूचनामा भनिएको छ । 

पछिल्लो अध्यावधिक: फागुन ४, २०७९ १७:५२