close

यसरी फेला पार्नुहोस् तपाईँको फोनमा लुकेका एप

टेकपाना टेकपाना

फागुन ८, २०७९ १५:४३

यसरी फेला पार्नुहोस् तपाईँको फोनमा लुकेका एप

काठमाडौं । प्रविधिको विकाससँगै गोपनीयता र डेटा सुरक्षाका जोखिम बढ्दै गएका छन् । यही कारण पनि डिभाइसमा एप लुकाउने विभिन्न विकल्प उपलब्ध छन् । एप हाइड गर्ने सुविधाले केही तहको सुरक्षा दिएपनि लुकाइएका एप फेला पार्न गाह्रो हुन सक्छ ।

डिभाइसमा एप मेनेज गर्दा हाइड भएको एप फेला पार्न नसक्दा कहिलेकाहीँ तनाव हुन्छ । एन्ड्रोइडमा भने हाइड भएका वा गरिएका एप फेला पार्न भने त्यति गाह्रो छैन । 

एन्ड्रोइडमा हाइड भएका एप कसरी फेला पार्ने ?

एन्ड्रोइड एपमा हाइड भएका एप फेला पार्ने सबैभन्दा सहज तरिका भने डिभाइसको सेटिङबाट हो । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

-सबैभन्दा पहिले आफ्नो डिभाइसको सेटिङमा जानुहोस् ।

-त्यसपछि 'एप्स' अप्सन छान्नुहोस् । 

केही फोनमा 'मेनेज एप्स' (Manage Apps) को सुविधा रहेको हुन्छ भने केहीमा अन्य फिल्टरमार्फत एपहरू फेला पार्न सकिन्छ । त्यहाँ गइसकेपछि तपाईँले हाइड भएका वा होमस्क्रिनमा देखिने सबै एपहरू फेला पार्न सक्नुहुन्छ । त्यस्तै तपाईँले पर्मिसन वा स्पेसल एक्सेस अप्सनबाट हाइड भएका एप फेला पार्न सक्नुहुन्छ । 

केही मालवेयर एपहरू इन्स्टल हुनासाथ डिभाइसमा लुकेर बसेका हुन्छन् । त्यस्ता एप पनि पर्मिसन, एक्सेस वा स्पेसल पर्मिसन, सेन्सेटिभ पर्मिसनजस्ता फरक-फरक अप्सनबाट फेला पार्न सक्नुहुन्छ ।

पर्मिसनको अप्सनबाट डिभाइसमा भएकामध्ये कुनकुन पर्मिसन कुनकुन एपले प्रयोग गरिरहेका छन् भन्ने देख्न सकिन्छ । त्यहाँबाट पनि डिभाइसमा नदेखिएका वा हाइड भएका एपहरू देख्न सकिन्छ ।  त्यस्तै डिभाइसको एक्सेसिबिलिटी पर्मिसनमा गएर पनि हाइड भएका एपको विवरण हेर्न सकिन्छ ।

डिभाइसमा हाइड भएका एप पत्ता लगाउने अर्को तरिका

एन्ड्रोइडमा हाइड भएका एप 'फाइल एक्सप्लोरर' मार्फत पनि हेर्न सकिन्छ । अधिकांश एन्ड्रोइड डिभाइसमा पहिले नै फाइल एक्सप्लोरर इन्स्टल भएको हुन्छ ।

'फाइल्स' वा 'माई फाइल्स' नामका डिफल्ट एपबाट पनि हाइड भएका एप हेर्न सकिन्छ । डिभाइसमा डाउनलोड भएका वा राखिएका सबैजसो फाइल उक्त एपमा भेटिने हुँदा हाइड भएका एप पनि 'माई फाइल्स'मा भेटिन सक्छ ।

त्यस्तै तपाईँको डिभाइसमा एप लुकाउने एप डाउनलोड भएको हुनसक्छ । 'भल्ट', 'क्याल्कुलेटर फोटो भल्ट' जस्ता एप प्रयाेग गरी एप, फोटो, भिडिओ वा अन्य फाइलहरू लुकाउन सकिन्छ । यस्ता एपमा सामग्री लुकाइएको छ भने एपबाटै फाइल हेर्न सकिन्छ । त्यसैले फाइल लुकाउने एपबाट पनि हाइड भएका सामग्री फेला पार्न सकिन्छ ।

आफूले प्रयोग गरिरहेका एप हाइड गर्न त्यस्ता एप डाउनलोड गरेपनि केही अवस्थामा उक्त एपले मालवेयर लुकाउन सक्छ । त्यसैले एप हाइड गर्ने एप प्रयोग गर्दा सचेत हुनुपर्नेमा जानकारहरूकाे जाेड छ ।

यसरी माथिका विभिन्न तरिका अपनाएर डिभाइसमा हाइड भएका एप हेर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: फागुन ८, २०७९ १७:७