close

पर्यटकलाई आकर्षित गर्ने भिडिओ बनाउँदा २० लाख जित्ने अवसर

टेकपाना टेकपाना

फागुन १३, २०७९ १६:६

पर्यटकलाई आकर्षित गर्ने भिडिओ बनाउँदा २० लाख जित्ने अवसर

काठमाडौं । पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका प्राकृतिक तथा सांस्कृतिक सम्पदा, भेषभूषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित भई भिडिओ बनाउनेलाई 'वि विल राइज फाउन्डेसन'ले पुरस्कार दिने भएको छ ।

फाउन्डेसनले कुल १० विधामा २० लाख रुपैयाँ पुरस्कार राशिकाे राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ घोषणा गरेको हाे । त्यसका लागि फाउन्डेसनले उत्कृष्ट भिडिओ तयार पारेर पठाउन आह्वान गरेको छ ।

भिडिओ पठाउनेहरूलाई 'बेस्ट भिडिओ अफ दि इयर' विधामा पाँच लाख, पब्लिक च्वाइस अवार्ड विधामा दुई लाख, वेस्ट डिरेक्टर, वुमन भिडिओ मेकर अफ दि इयर, फ्युचर स्टार अफ दि इयर, मस्ट पोटेन्सियल डेस्टिनेसन, मस्ट इनर्जेटिक भिडिओ मेकर, वेस्ट स्क्रिप्ट भ्वाइस ओभर, वेस्ट सिमेम्याटोग्राफर र बेस्ट एडिटर विधामा जनही एक/एक लाख रुपैयाँ पुरस्कार दिने बताइएको छ ।

इच्छुक व्यक्ति, संघसंस्था वा कम्पनी पनि यस प्रतियोगितामा सहभागी हुन पाउनेछन् । भिडिओ मोबाइलकै क्यामेराबाट बनाएको भएपनि हुने आयोजकको भनाइ छ । तर, भिडिओ भने एचडी क्वालिटीको हुनुपर्नेछ ।

भिडिओ बढीमा पाँच मिनेटको हुनुपर्नेछ । र, उक्त भिडिओ ड्राइभमा अपलोड गरी अनलाइन फारम भरेर पठाउन सकिनेछ । अनलाइन फारम भर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतियोगीबाट उपलब्ध भिडिओ ‘वि विल राइज’को युट्युब च्यानलमा अपलोड हुनेछन् । २०८० वैशाख २१ गतेसम्म भिडिओ पठाइसक्नु पर्नेछ जेठ १३ मा विजेता प्रतियोगीको घोषणा गरिनेछ ।

 

 

 

पछिल्लो अध्यावधिक: फागुन १३, २०७९ १७:५