close

किन हराउँछ टिकटकमा रहेका ड्राफ्ट भिडिओ ?

टेकपाना टेकपाना

फागुन १४, २०७९ ९:४

किन हराउँछ टिकटकमा रहेका ड्राफ्ट भिडिओ ?

काठमाडौं । टिकटकमा एउटा ड्राफ्ट फोल्डर हुन्छ । जसका माध्यमबाट हामी आफूलाई सार्वजनिक गर्न मन नलागेका भिडिओ राख्न सक्छौं । कतिपय भिडिओ अन्य समयमा अपलोड गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा आफूले बनाएका भिडिओ ड्राफ्टमा राख्न सकिन्छ ।

तर, कतिपय अवस्थामा हाम्रो सानो कमजोरीले उक्त ड्राफ्ट फोल्डरका भिडिओ गायब हुन्छन् । आज हामी टिकटक ड्राफ्ट फोल्डरमा राखिएका भिडिओ एकाएक किन गायब हुन्छन् भन्ने विषयमा जानकारी दिँदैछौँ:

टिकटक ड्राफ्ट भनेको के हो ?

टिकटकबाट सहजै र सजिलै कन्टेन्ट बनाउन सकिन्छ । त्यसैले थुप्रै प्रयोगकर्ताले भिडिओ हेर्नका लागि भन्दा पनि कन्टेन्ट बनाउनका लागि टिकटकको प्रयोग गरिरहेका हुन्छन् ।

यसरी तयार पारेका कन्टेन्टलाई प्रोफाइलमा अपलोड नगरेर सोझै एउटा फोल्डरमा राख्न सकिन्छ । सोही फोल्डरलाई ड्राफ्ट भनिन्छ ।

टिकटमा ड्राफ्ट कहाँ हुन्छ ?

तपाईँले टिकटकमा कुनै कन्टेन्ट तयार पार्नुभयो र त्यसलाई अपलोड गर्न अन्तिममा दायाँपट्टि रहेको नेक्स्टको अप्सनमा क्लिक गरिसकेपछि नयाँ पेजको बायाँपट्टि ड्राफ्टको अप्सन देखिन्छ । सोही अप्सनमा ट्याप गर्दा भिडिओ ड्राफ्टमा बस्छ ।

ड्राफ्टका भिडिओ पुनः एडिट गरेर आफूलाई पायक पर्ने समयमा पुनः अपलोड गर्न सकिन्छ ।

टिकटक ड्राफ्ट हरायो ? यस्तो हुनसक्छ कारण ?

तपाईँले ड्राफ्टमा भिडिओ राख्नुभएको छ भने प्रोफाइलको तल ड्राफ्टको छुट्टै सेक्सन देखिन्छ । त्यस्ता ड्राफ्टका भिडिओ तपाईँको अकाउन्टबाट बाहेक अन्त कहीँबाट पनि हेर्न सकिँदैन ।

यदि तपाईँले टिकटक अनइन्स्टल गरेर पुनः इन्स्टल गर्नुभएको छ भने तपाईँको अकाउन्टमा भएका ड्राफ्ट भिडिओ हराउँछन् ।

कतिपय अवस्थामा एपमा समस्या आउँदा हामी सो एपलाई अनइन्स्टल गरेर पुनः इन्स्टल गर्छौं । यस्तोमा एपमा भएका ड्राफ्ट भिडिओ सधैंका लागि डिलिट हुन्छन् ।

यदि तपाईँको टिकटकमा भएका ड्राफ्ट भिडिओ यो कारणले हराएका होइनन् भने अर्को कारण हुनसक्छ । यदि तपाईँले आफ्नो टिकटक अकाउन्ट अन्य कुनै डिभाइसमा लगइन गर्नुभएको छ भने सो डिभाइसबाट ड्राफ्टमा राखेका भिडिओ अर्को कुनै डिभाइसमा अकाउन्ट लगइन गर्दा देखिँदैन । किनभने यस्ता ड्राफ्ट भिडिओ मोबाइलको लोकल नेटवर्कमा भण्डारण भएका हुन्छन् ।

टिकटक ड्राफ्टका भिडिओ नहराउन के गर्ने त ?

यदि तपाईँ आफ्ना टिकटक भिडिओलाई सुरक्षित राख्न चाहनुहुन्छ भने तलकाे टिप्स अपनाउनुहोस् ।

-  ड्राफ्ट भिडिओलाई ब्याकअपमा नराखेसम्म एप अनइन्स्टल नगर्नुहोस् ।

-  ड्राफ्ट भिडिओ पोस्ट गर्न सक्नुहुन्छ । त्यसरी पोस्ट गर्दा भिडिओ भाइरल हुने सम्भावना हुन्छ । यदि तपाईँ ती भिडिओ अरू कसैले नदेखोस् भन्ने चाहनु हुन्छ भने भिडिओलाई प्राइभेट राख्न सक्नुहुन्छ ।

-  टिकटकको क्यामेराभन्दा पनि मोबाइलको डिफल्ट क्यामेराबाट भिडिओ खिच्नुहोस् । यसरी भिडिओ डिभाइसमा भण्डारण भएको अवस्थामा टिकटक अनइन्स्टल गर्दा पनि केही फरक पर्दैन ।

टिकटक ड्राफ्ट प्रयोग गर्नु सुरक्षित छ त ?

टिकटक ड्राफ्ट प्रयोग गर्न सहज हुनुका साथै सुरक्षित पनि हुन्छन् । तर, टिकटक ड्राफ्टका भिडिओ हराउने सम्भावना धेरै हुन्छ । त्यसैले एप प्रयोग गर्दा सजगता अपनाउनुपर्छ ।

 

 

पछिल्लो अध्यावधिक: फागुन २१, २०७९ १२:१४