close

नाबालिकाको अनुहारमा नाङ्गो तस्वीर जोडी हैरानी दिएको आरोपमा एक जना पक्राउ

टेकपाना टेकपाना

फागुन १४, २०७९ १८:२२

नाबालिकाको अनुहारमा नाङ्गो तस्वीर जोडी हैरानी दिएको आरोपमा एक जना पक्राउ

काठमाडौं । नाबालिकाको तस्वीरमा अश्लीलता जोडी हैरानी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुङ्गा, सुनकोसी गाउँपालिका वडा नं ४ का २७ वर्षीय मुगाधन श्रेष्ठ रहेका छन् ।

नाबालिकाका अभिभावकले दिएको उजुरी अनुसार आरोपित श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा महिलाको नाम र फोटो राखी प्रोफाइल बनाई नाबालिकासँग च्याट गर्थे । यसै क्रममा आरोपी श्रेष्ठले नाबालिकाको प्रोफाइलबाट तस्वीरहरू डाउनलोड गरी सोही तस्वीरमा अन्य अश्लील तस्विरहरू जोडी मेसेन्जरमार्फत पठाउन थाले ।

यसपछि अनुसन्धानका लागि नाबालिकाका अभिभावकले साइबर ब्यूरोमा उजुरी दिएका थिए । उक्त निवेदनको अनुन्धान गर्ने क्रममा श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाको सहयोगमा पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।

ब्यूराेका अनुसार विद्युतीय कारोबार ऐन, २०६३, अपराध अन्तर्गतको कसूरमा श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: फागुन १४, २०७९ १८:२३