close

जुम्ला पुग्यो वर्ल्डलिङ्कको एफटीटीएच इन्टरनेट

टेकपाना टेकपाना

चैत १, २०७९ १२:४२

जुम्ला पुग्यो वर्ल्डलिङ्कको एफटीटीएच इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कको सेवा जुम्ला जिल्लामा पुगेको छ । बुधबार जुम्लामा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले आफ्नो सेवा औपचारिक रुपमा विस्तार गरेको हो ।

यसअघि फाइबर विस्तारको काम सकेर सेवा थालेको कम्पनीले बुधबारबाट औपचारिक सेवा सुरु गरेको छ । कम्पनीका अनुसार जुम्लाका विभिन्न क्षेत्रमा फाइबर विस्तार गर्न १५ करोड रुपैयाँ लागत लागेको छ ।

"जुम्लामा एफटीटीएच फाइबर पुर्‍याउन सफल भएकाले यो दिन महत्त्वपूर्ण छ," वर्ल्डलिङ्कका संस्थापक एवं प्रबन्ध निर्देशक दिलीप अग्रवालले भने, "काठमाडौंमा मानिसहरूले जुन इन्टरनेट चलाइरहेका छन्, अहिले त्यही सेवा जुम्लाबासीले प्रयोग गर्न सक्नुहुन्छ ।"

अहिले कम्पनीकाे सेवा कालिकोटमा पनि विस्तार भइरहेको र बाँकी अन्य जिल्लामा पनि छिट्टै विस्तार हुने उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: चैत १, २०७९ १८:१८