close

अनलाइन मिटिङमै अश्लील हर्कत गर्ने कृषि विश्वविद्यालयका डीन निलम्बित

टेकपाना टेकपाना

चैत २, २०७९ १५:५

अनलाइन मिटिङमै अश्लील हर्कत गर्ने कृषि विश्वविद्यालयका डीन निलम्बित

काठमाडौं । अनलाइन बैठकमा कार्यालयकी महिला कर्मचारीसँग अनैतिक हर्कत गरेको भिडिओ बाहिरिएपछि कृषि तथा वन विश्वविद्यालय अन्तर्गत कृषि संकायका डीन जयप्रकाश दत्त निलम्बित भएका छन् । महिला कर्मचारीलाई दुर्व्यवहार गरेको भिडिओ सार्वजनिक भएपछि डीन दत्तलाई निलम्बन गरिएकाे विश्वविद्यालयका उपकुलपति पुन्यप्रसाद रेग्मीले जानकारी दिएका छन् ।

बिहीबार बसेको बैठकले दत्तलाई निलम्बन गरेको उनले जानकारी दिए । यस विषयमा छानबिन गर्न एक समिति पनि गठन गरिएको छ । छानबिन नसकुन्जेलसम्मका लागि दत्तलाई डीन पदबाट निलम्बन गरिएकाे उपकुलपति रेग्मीले बताए ।

हालै सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा बाहिरिएकाे भिडिओमा डीन दत्तले महिला कर्मचारीसँग अश्लील हर्कत गरेकाे दृश्य देख्न सकिन्छ । साे भर्चुअल मिटिङ डीन स्वयंले राखेका थिए ।

अनलाइन मिटिङमा सोही संकायका सहप्राध्यापक सन्तोष मरहठ्ठाले आफ्नो प्रस्तुति दिइरहेका हुन्छन् । तर त्यतिबेला दत्तले कार्यकक्षभित्रै महिला कर्मचारीसँग अनैतिक हर्कत गरिरहेका हुन्छन् ।

भिडिओमा कार्यकक्षभित्र कुर्सीमा बसेका दत्तले महिला कर्मचारीलाई हातले तानेर काखमा राखेको र संवेदनशील अङ्गमा चुम्बन गरेको देखिन्छ । दत्त स्वयंले ‘व्यावसायिक सिकाइ अनुभाव के कसरी गर्ने’ भन्ने विषयमा प्रस्तुति दिन विद्यार्थीका लागि साे भर्चुअल बैठक राखेका थिए ।

बैठकमा उनीसहित शिक्षक, विद्यार्थी गरेर ६६ जना सहभागी थिए । तर दत्तले आफ्नो मर्यादा बिर्सेर अश्लील हर्कत गरेको भिडिओमा देख्न सकिन्छ । याे घटना बाहिरिएपछि महिला कर्मचारीहरू र विभिन्न विद्यार्थी संगठनले विराेध जनाउँदै डीन दत्तकाे राजीनामा माग गरेका थिए ।

पछिल्लो अध्यावधिक: चैत २, २०७९ १५:२६