close

माइक्रोसफ्ट वर्ड र एक्सेलमा पनि च्याटजीपीटी, के के गर्नेछ काम?

टेकपाना टेकपाना

चैत ३, २०७९ ८:३०

माइक्रोसफ्ट वर्ड र एक्सेलमा पनि च्याटजीपीटी, के के गर्नेछ काम?

काठमाडौं । माइक्रोसफ्टले जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि 'च्याटजीपीटी' को नयाँ भर्सन जीपीटी-फोर आफ्नो माइक्रोसफ्ट ३६५ मा समावेश गरेको छ । कम्पनीले वर्ड, पावरपोइन्ट र एक्सेलमा 'कपिलट' नामक एआई प्रविधि समावेश गर्ने बताएको हो ।  

यो प्रविधि अक्षरलाई बुझ्ने क्षमता भएको 'लार्ज ल्याङ्ग्वेज मोडल' सफ्टवेयर प्रयोग गरेर तयार गरिएको हो । यसले लेखिएको अक्षरको आधारमा फोटो बनाउने, मानिसहरूसँग च्याट गर्ने लगायतका काम गर्नसक्छ । 

यसले मानिसको काम गर्ने शैलीलाई परिवर्तन गर्दै उसको उत्पादकत्व क्षमता पनि बृद्धि गर्ने कम्पनीको भनाइ छ । यसले मानिसको आवश्यकता अनुसार लेख तयार गरिदिन सक्छ जसको एडिट गर्ने अधिकार भने प्रयोगकर्तालाई नै हुनेछ । साथै यसले प्रयोगकर्ताको काम गर्ने समयको बचत गर्ने र काम पनि छिटो सक्न मद्दत गर्ने कम्पनीले बताए । 

यो प्रविधिले कहिलेकाही केही गलत सूचनाहरू पनि दिनसक्ने भएका कारण तयार भएको लेखलाई एकपटक प्रयोगकर्ताले हेर्नुपर्ने कम्पनीको भनाइ छ । 

साथै पावरपोइन्ट बनाएर समूहमा उक्त पावरपोइन्ट शेयर गरेर सँगै एडिट गर्न सकिने, पावरपोइन्टको लागि फोटोहरू जेनेरेट पनि गर्न सकिने कम्पनीले बताएको छ । 

यो फिचर सबै प्रयोगकर्ताको लागि कहिले उपलब्ध हुनेछ भन्ने विषयमा भने कम्पनीले अहिले नै कुनै जानकारी दिइसकेको छैन । 
  

पछिल्लो अध्यावधिक: चैत ३, २०७९ ८:३१