close

सामसङको मिडरेन्ज स्मार्टफोन ग्यालेक्सी ए५४ सार्वजनिक, यस्ता छन् विशेषता

टेकपाना टेकपाना

चैत ५, २०७९ १०:४८

सामसङको मिडरेन्ज स्मार्टफोन ग्यालेक्सी ए५४ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । सामसङले आफ्नो मिडरेन्जको स्मार्टफोन 'ग्यालेक्सी ए५४ फाइभजी' सार्वजनिक गरेको छ । ४५० डलर (करिब ६० हजार रुपैयाँ) पर्ने यो फोनको धेरैजसो फिचरहरू ए सिरिजको फोन ए ५३ फाइभजीको जस्तै छ ।

यद्यपि ग्यालेक्सी एस२३ अल्ट्रा खरिद गर्न नसक्ने अथवा नचाहने प्रयोगकर्ताको लागि भने ए५४ राम्रो विकल्प हुनसक्छ । 

यो फोनमा एस २३ अल्ट्राको जस्तै ५००० एमएएच ब्याट्री र १२० हर्ज रिफ्रेसरेट सहितको डिस्प्ले पनि छ । यो फोन ६ जीबी र्‍याम सहित १२८ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ भने ८ जीबी र्‍यामको भेरियन्टमा भने प्रयोगकर्ताले १२८ जीबी स्टोरेज र २५६ जीबी स्टोरेजबिच छनौट गर्न सक्नेछन् । 

फोनको डिस्प्लेको साइज भने ६.४ इन्चको छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित १२ मेगापिक्सेलको अल्ट्रावाइड सेन्सर र ५ मेगापिक्सेलको म्याक्रो सेन्सरमा पनि उपलब्ध छ । 

यसका साथै फोनका क्यामेरामा फ्ल्यागशिप फोनहरुको जस्तै नयाँ फिचरहरू पनि उपलब्ध गराइएको छ । साथै यो फोनले फाइभजी नेटवर्क पनि सपोर्ट गर्छ । 

फ्रन्टमा भने ३२ मेगापिक्सेलको क्यामेरा राखिएको छ । एक्सिनस १३८० (Exynos 1380) प्रोसेसर भएको यो फोन एन्ड्रोइड ओएसमा आधारित छ जसको अपडेट पाँच वर्षसम्म प्राप्त हुने कम्पनीले जनाएको छ । 

पहिलो चरणमा यो फोन दक्षिणपूर्वी एसिया र युरोपमा उपलब्ध गराइने कम्पनीको भनाइ छ । 
   

पछिल्लो अध्यावधिक: चैत ५, २०७९ १०:४८