close

स्ववियु निर्वाचनका लागि ४ स्थानमा प्रयोग हुँदै विद्युतीय भोटिङ मसिन

टेकपाना टेकपाना

चैत ५, २०७९ ९:११

स्ववियु निर्वाचनका लागि ४ स्थानमा प्रयोग हुँदै विद्युतीय भोटिङ मसिन

काठमाडौं । देशभर भइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका लागि विद्युतीय भोटिङ मसिन प्रयोग भइरहेको छ । आज भइरहेको मतदानमा राम लक्ष्मण इनोभेसनले तयार गरेको विद्युतीय भोटिङ मसिन प्रयोग गरिएको हो । 

इनोभेसनका अनुसार उपत्यका भित्रका तीन क्याम्पस र धरानको एक क्याम्पस गरेर कुल चार स्थानमा ४७ ओटा भोटिङ मसिन प्रयोग गरिएको छ ।

उपत्यकाभित्र पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा १३ ओटा, थापाथली इञ्जिनीयरिङ क्याम्पसमा १० ओटा र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा १४ ओटा मसिन प्रयोग गरिएको छ । 

साथै पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानमा १० ओटा मसिन प्रयोग गरिएको छ ।  

पछिल्लो अध्यावधिक: चैत ५, २०७९ ९:११