close

जथाभावी वेबसाइटमा व्यक्तिगत ईमेल प्रयोग गर्ने बानी छ ? बन्द गर्नुहोस्

टेकपाना टेकपाना

चैत ५, २०७९ १२:३३

जथाभावी वेबसाइटमा व्यक्तिगत ईमेल प्रयोग गर्ने बानी छ ? बन्द गर्नुहोस्

काठमाडौं । इन्टरनेटको यो दुनियाँमा एउटा साइटबाट अर्को साइटमा जानु सामान्य कुरा भइसकेको  छ । हामीले प्रयोग गर्ने धेरैजसो वेबसाइटमा हामी हाम्रो वास्तविक ईमेल प्रयोग गर्ने गर्छौँ । तर के यो बानी सुरक्षित छ त ? कदापि छैन ।

हामीले दैनिक प्रयोग गर्ने केही विश्वासिलो वेबसाइट बाहेक इन्टरनेटमा आउने जुनसुकै पनि एप वा साइटमा वास्तविक ईमेल प्रयोग गर्नु तपाईँको लागि जोखिमपूर्ण हुनसक्छ ।

ईमेलबाट तपाईँको डेटा चोरी हुनसक्छ 

ईमेल सुरक्षाको विषयमा कुरा गर्दा यसको मुख्य जोखिम भनेको नै डेटा चोरी वा व्यक्तिगत सूचना बाहिरिने चुनौती हुनसक्छ । तपाईँले साइन इन गर्ने वेबसाइट वा एपको डेटा चोरी हुँदा तपाईँको डेटा पनि चोरी हुने हुन्छ ।

जसमा तपाईँका व्यक्तिगत जानकारी समेत पर्छन् । यसरी डेटा चोरी गर्ने व्यक्ति वा समूहले एउटा ईमेल मार्फत अन्य ईमेलको चोरी वा उक्त ईमेलको पहुँचमा भएका अकाउन्टबाट डेटा चोरी गर्नसक्छन् । यसरी चोरी भएको डेटा मार्फत 

विभिन्न स्क्यामका घटनाहरू घट्ने गरेका छन् । यसरी तपाईँको ईमेलमार्फत ह्याकरले संवेदशील डेटालाई गलत प्रयोजनका लागि प्रयोग गर्न सक्छन् । जसले तपाईँ फस्न समेत सक्नुहुन्छ । 

यो लगायत डेटा चोरीका अन्य उदाहरणहरू पनि छन् । कतिपय सफ्टवेयर तथा वेबसाइटको लगइन सिस्टम निकै नै कमजोर हुने गर्छ । त्यहाँ भएको सुरक्षा कमजोरीका फाइदा उठाएर पनि डेटा चोरी हुने गर्छ । 

यसको साथै ह्याकरले तपाईँले इन्टरनेटमा गर्नुहुने गतिविधिहरू, तपाईँको ईमेल जोडिएका अन्य सेवाहरू लगायतका विषयहरूमा पनि सहजै जानकारी पाउन सक्छन् । यसले तपाईँको गोपनीयता माथि नै प्रहार गर्नसक्छ ।  

ईमेल चोरी हुनबाट कसरी जोगाउने ? 

इमेलबाट अनलाइनमा हुने हाम्रो गतिविधिको ट्रयाक हुँदा अकल्पनीय समस्या निम्तिन सक्छ । त्यस्तै गोपनीयता भंग हुने सम्भावना उच्च हुन्छ । यो समस्यालाई न्यूनीकरण गर्नको लागि अनलाइन सुरक्षाका मापदण्ड प्रयोग गर्नसक्छौं । अनलाइन सुरक्षाको मापदण्डको विषयमा यहाँ उल्लेख गरिएको छ । 

  • सबै वेबसाइटमा लगइन गर्नको लागि आफ्नो व्यक्तिगत ईमेलको प्रयोग नगर्नुहोस् ।  

  • थ्रोअवे ईमेलको प्रयोग गर्नुहोस् । अस्थायी प्रयोगका लागि बनाइने फेक ईमेल अकाउन्टलाई थ्रोअवे ईमेल भनिन्छ । थ्रोअवे ईमेलको बारेमा थप जानकारी पाउन यहाँ क्लिक गर्नुहोस् । 

  • ईमेल एलियस प्रयोग गर्नुहोस्​ । लगइनका लागि थ्रोअवे इमेल प्रयोग गर्नु उपयुक्त भए पनि यो पूर्ण सूरक्षित भने हुँदैन । अझ बढी सुरक्षाका लागि तपाईँले इमेल एलियस प्रयोग गर्न सक्नुहुन्छ ।
    इमेल एलियस सेवाबाट तपाईंले आफ्नो वास्तविक इमेल एड्रेसको काम गर्ने अन्य ईमेल एड्रेस बनाउन सक्नुहुन्छ । एउटा वास्तविक इमेल एड्रेसबाट धेरैवटा त्यस्ता इमेल एड्रेस बनाउन सकिन्छ । यदि तपाईँले चाहनु भयो भने तीनलाई डिलिट वा परिवर्तन समेत गर्नसक्नु हुन्छ । 

यी लगायत आफ्नो ईमेल सुरक्षाका लागि एप्पल प्रयोगकर्ताले ‘हाइड माई ईमेल रिले सर्भिस’ प्रयोग गर्न सक्छन् । त्यस्तै अन्यले डकडकगोको ईमेल प्रोटेक्सन र प्रोटोन मेलको सिम्पल लगइन प्रयोग गर्न सक्नछन् । त्यस्तै वानपासवर्ड प्रयोगकर्ताले फास्टमेलको सर्भिस प्रयोग गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: चैत ५, २०७९ १२:३६