close

विद्युतीय साइकल बनाउँदै कम्प्युटर निर्माता कम्पनी एसर

टेकपाना टेकपाना

चैत ७, २०७९ ९:३२

विद्युतीय साइकल बनाउँदै कम्प्युटर निर्माता कम्पनी एसर

काठमाडौं । ल्यापटप निर्माता ताइवानी कम्पनी एसरले ई-बाइक अर्थात् विद्युतीय साइकल निर्माण गर्ने घोषणा गरेको छ । कम्पनीले एआई फिचर सहितको विद्युतीय साइकल तयार गर्ने बताएको हो । 

यो विद्युतीय साइकलमा सडकको अवस्था हेरेर स्वत: गियर परिवर्तन हुने बताइएको छ । करिब १६ किलोको यो साइकल २० माइल प्रति घण्टाको गतिमा गुड्ने कम्पनीको भनाइ छ । एकपटकको फुल चार्जमा भने यो साइकल ११२ किलोमिटरसम्म गुड्न सक्ने बताइएको छ । 

यो साइकल फुल चार्ज हुन करिब साढे दुई घण्टा लाग्छ । यसका साथै कम्पनीले मोबाइल एप मार्फत साइकलको ब्याट्री लाइफ, रुटहरू, स्पिड चेक गर्ने साथै साइकललाई लक अथवा अनलक पनि गर्न सकिन्छ ।

कम्पनीले हाल यस साइकलको मूल्य र सार्वजनिक हुने मिति भने तोकिएको छैन । 

पछिल्लो अध्यावधिक: चैत ७, २०७९ ९:३४