close

धुलिखेल अस्पतालको मोबाइल एप सार्वजनिक, अब अनलाइनबाटै डक्टरको अपोइन्टमेन्ट लिन सकिने

टेकपाना टेकपाना

चैत ७, २०७९ १८:१८

धुलिखेल अस्पतालको मोबाइल एप सार्वजनिक, अब अनलाइनबाटै डक्टरको अपोइन्टमेन्ट लिन सकिने

काठमाडौं । काभ्रेस्थित धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप सन्चालनमा ल्याएको छ ।

आइएमई ग्रुप अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा सञ्चालनमा ल्याइएको यो एपमार्फत बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिङ गर्न र त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्नसक्ने बताइएको छ ।

यसले बिरामीहरूलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमा उभिने झन्झट हटाउँदै धेरै समय बचत गराउने विश्वास लिइएको छ ।

साथै यो एपमार्फत नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डद्वारा प्रदान हुने स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्न, निःशुल्क रुपमा अस्पताल टिकट बुक गर्ने र  आफ्नो बीमा जानकारी  प्राप्त गर्न समेत सकिने छ ।

पछिल्लो अध्यावधिक: चैत ७, २०७९ १९:४