close

वनप्लस ११ फाइभजी स्मार्टफोन सय दिनसम्म निःशुल्क चलाएर फिर्ता गर्न सकिने !

टेकपाना टेकपाना

चैत ७, २०७९ १९:१८

वनप्लस ११ फाइभजी स्मार्टफोन सय दिनसम्म निःशुल्क चलाएर फिर्ता गर्न सकिने !

काठमाडौं । मोबाइल फोन निर्माता वनप्लसले आफ्नो फ्ल्यागशिप फोन वनप्लस ११ फाइभजीमा ‘हन्ड्रेड डेज नो रिग्रेट’ कार्यक्रम ल्याएको छ । यस कार्यक्रमअन्तर्गत वनप्लस ११ फाइभजी खरिद गर्ने ग्राहकले फोन खरिद गरेको १०० दिनसम्म फाेन मन नपरे, चित्त नबुझे वा केही क्षति भए फिर्ता गर्न सक्नेछन् ।

प्राय: फ्ल्यागशिप फोनहरू खरिद गर्दा केही हप्तासम्म मात्र फिर्ता गर्ने सुविधा दिइन्छ । तर वनप्लसले आफ्नो फोन खरिद गर्दा ग्राहकलाई कुनै पछुतो नहोस् भनेर यस्तो अफर ल्याएको जनाएको छ ।

यसरी १०० दिनसम्म फोन परीक्षण गर्न भने कम्पनीको आधिकारिक  वेबसाइटबाट उक्त फोन खरिद गर्नुपर्ने हुन्छ ।

यदि ग्राहकलाई १०० दिन्रभित्र फोन चित्त बुझेन भने वनप्लसको वेबसाइटबाट नै त्यसको प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ । यसका लागि ओरिजिनल प्याकेजिङ हुनुपर्ने, फोनमा कुनै ठूलो क्षति हुन नहुने, कुनै लक राख्न नहुनेजस्ता शर्त वनप्लसले राखेको छ ।

पछिल्लो अध्यावधिक: चैत ७, २०७९ २२:२७