close

दराजको सेलर समिट सम्पन्न

टेकपाना टेकपाना

चैत ७, २०७९ २२:२६

दराजको सेलर समिट सम्पन्न

काठमाडौं । ई-कमर्स प्लेटफर्म दराज नेपालको सेलर समिट सम्पन्न भएको छ । दराजका सबै क्रिेतालाई उनीहरूको सहयोग र प्रतिबद्धताका लागि आभार प्रकट गर्न कम्पनीले वर्षेनि यस्तो कार्यक्रम गर्दै आएको छ ।

गत आइतबार सम्पन्न दराज सेलर समिट २०२३ मा देशभरका बिक्रेता सहभागी रहेको कम्पनीले जनाएको छ । सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवर, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा लगायत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।

दराज विगत पाँच वर्षदेखि नेपालको ई-कमर्स क्षेत्रमा क्रियाशील छ । कम्पनीका अनुसार दराजका १८ हजारभन्दा बढी बिक्रेता, प्रति महिना १५ लाख सक्रिय एप प्रयोगकर्ता र देशका १०१ सहरमा डेलिभरी सुविधा रहेको छ ।

पछिल्लो अध्यावधिक: चैत ८, २०७९ ११:११