close

नेपालको शिक्षामा विश्व बैंकको १६ अर्ब सहयोग, डिजिटल शिक्षण-सिकाइ सामग्रीमा खर्चिने

टेकपाना टेकपाना

चैत १२, २०७९ १८:१६

नेपालको शिक्षामा विश्व बैंकको १६ अर्ब सहयोग, डिजिटल शिक्षण-सिकाइ सामग्रीमा खर्चिने

काठमाडौं । विश्व बैंकले नेपाललाई १२० मिलियन अमेरिकी डलर (करिब १६ अर्ब रुपैयाँ) सहयोग उपलब्ध गराउने भएको छ । विश्व बैंकका कार्यकारी निर्देशकहरूको शुक्रबार बसेको बोर्ड बैठकले नेपाल सरकारको विद्यालय शिक्षा क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनका लागि आर्थिक सहायता स्वीकृत गरेको हो ।

स्थानीय सरकारमा शिक्षक अनुगमन प्रणाली स्थापना तथा माध्यमिक र उच्च माध्यमिक तहमा अङ्ग्रेजी, गणित र विज्ञान विषय शिक्षकको सुनिश्चितता गरी विद्यालय क्षेत्र रूपान्तरण गर्ने नेपाल सरकारको लक्ष्य रहेको छ । " गुणस्तरिय शिक्षामा लगानी मार्फत मानव पूँजी विकास गर्दा समानता र आर्थिक विकास सुनिश्चित हुन सक्छ," नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि कन्ट्री डाइरेक्टर फरिज हदाद-जर्भोसले भनेका छन् ।

प्रारम्भिक कक्षाहरूमा राष्ट्रिय एकीकृत पाठ्यक्रम लागू गरी आधारभूत सीप सुधार  गर्ने कार्यमा कार्यक्रम केन्द्रित हुनेछ । कोभिड १९ तथा अन्य विपदका कारण गुमेको सिकाइ उपलब्धिलाई सम्बोधन गर्न सञ्चालित सरकारी कार्यक्रममार्फत सिकाइ योजना पुनःस्थापना तथा विस्तार, हरित तथा लचिलो कक्षा कोठाका साथै डिजिटल शिक्षण तथा सिकाइ सामग्रीमा सहयोग रकम खर्च गरिने उल्लेख छ ।

त्यस्तै छात्रा, अपाङ्गता भएका विद्यार्थी र निम्न आर्थिक सामाजिक अवस्था भएका ६ देखि ८ कक्षासम्मका विद्यार्थीहरूलाई छात्रवृत्ति दिने समेत योजना छ ।

पछिल्लो अध्यावधिक: चैत १२, २०७९ १८:२२