close

नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्यका लागि ३ जनाको नाम सिफारिस

टेकपाना टेकपाना

चैत १४, २०७९ १५:३७

नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्यका लागि ३ जनाको नाम सिफारिस

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्यका लागि तीन जनाको नाम सिफारिस भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदकहरूको अन्तर्वार्ता तथा प्रस्तुत कार्ययोजनाको आधारमा संक्षिप्त सूची मन्त्रिपरिषद पठाएको हो ।  

मन्त्रालय स्रोतका सिफारिस हुनेहरूमा कृष्णप्रसाद पोखरेल, प्रविन सुवेदी र सुवाश लामिछाने रहेका छन् । सम्भवतः आज सोमबार बस्ने न्त्रिपरिषद्‌ले सिफारिसमा परेका तीन जना मध्ये एक जनालाई प्राधिकरणको बोर्ड सदस्यको रुपमा नियुक्त गर्नेछ ।  

गत १ चैतसम्मका  लागि निर्धारित समयसीमा भित्र छ जनाको आवेदन परेको थियो । जसमा सिफारिसमा परेका तीन जनासँगै प्राधिकरणका पूर्व बोर्ड सदस्य हेमकुमार श्रेष्ठ, सङ्कल्प क्षेत्र र मञ्जू गौतम (नेपाल) समेत रहेका थिए ।

मन्त्रालयले गत १७ फागुनमा प्राधिकरणको कानून सदस्य पदको लागि योग्य व्यक्तिहरूबाट आवेदन माग गरेको थियो । प्राधिकरणमा अध्यक्ष सहित पाँच सदस्यीय बोर्ड रहने व्यवस्था रहेको छ ।

पछिल्लो अध्यावधिक: चैत १४, २०७९ १५:३७