उडिरहेको जहाजभित्र टिकटक बनाउँदा हिमालय एयरलाइन्सका तीन कर्मचारी कारबाहीमा
चैत १७, २०७९ १३:४३
काठमाडौं । उड्दै गरेको हवाइजहाजभित्र टिकटक बनाउँदा हिमालय एयरलाइन्सका तीन कर्मचारी कारबाहीमा परेका हुन् ।
बिहीबार काठमाडौंदेखि दोहा जाने हवाइजहाजमा उडानका दौरान एयरलाइन्सका अन-बोर्ड क्याबिन क्रुका तीन जना कर्मचारीले टिकटक बनाएका थिए ।
सोही कसूरमा उनीहरूलाई कारबाही गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार उडिरहेको जहाजमा क्रु मेम्बरले भिडिओ बनाउनु 'इनफ्लाइट सेफ्टी' नियम विपरीत हो ।
पछिल्लो अध्यावधिक: चैत १७, २०७९ १३:५४
