close

एन आई सी एशिया बैंकको आफ्नै पेमेन्ट स्वीच प्रणाली सञ्चालनमा

टेकपाना टेकपाना

चैत १८, २०७९ १५:५४

एन आई सी एशिया बैंकको आफ्नै पेमेन्ट स्वीच प्रणाली सञ्चालनमा

काठमाडौं । वाणिज्य बैंक एन आई सी एशियाले आफ्नै पेमेन्ट स्वीच प्रणाली सञ्चालनमा ल्याएको छ । बैंकले फ्रेन्च कम्पनी Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच अर्थात् विद्युतीय फन्ड ट्रान्सफर भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको हो । 

बैंकले हालै मात्र उक्त पूर्वाधारको सफलतापूर्वक कार्यान्वयन गरी बैंकको भुक्तानी प्रणालीमा आबद्ध गरेको जनाएको छ । 

डिजिटल कारोबारमा आम ग्राहकको उल्लेख्य उपस्थिति भइरहेको तथा उक्त संख्यामा उत्साहजनक वृद्धि हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बैंकले कार्डबाट हुने कारोबारलाई थप विश्वसनीय एवं सहज बनाउनका निमित्त आफ्नै पूर्वाधार खडा गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले बताए ।  

यस स्वीचको मद्दतले यस बैंकका पीओएस तथा एटीएम टर्मिनलहरुमार्फत गरिने कारोबारलाई अन्तरआबद्धता स्थापित गरी कारोबारलाई सुरक्षित र सरल समेत बनाउन ठोस टेवा मिल्नेछ उनले बताए । 

"डिजिटल फस्ट बैंक बन्ने दीर्घकालीन रणनीति अनुरुप आधुनिक विधिहरु आत्मसात गर्दै बैंकले यो प्रणाली सञ्चालनमा ल्याएको हो," उनले भने । 

 

पछिल्लो अध्यावधिक: चैत १८, २०७९ १५:५४