close

१ टीबी स्टोरेज सहित रेड्मीको नयाँ स्मार्टफोन सार्वजनिक

टेकपाना टेकपाना

चैत १९, २०७९ ९:२४

१ टीबी स्टोरेज सहित रेड्मीको नयाँ स्मार्टफोन सार्वजनिक

काठमाडौं । क्वालकमले अघिल्लो महिना मात्र स्न्यापड्रागन ७ प्लस जेन २ (Snapdragon 7 Plus Gen 2) प्रोसेसर सार्वजनिक गरेको थियो । यो नयाँ चिपसेट सहितको पहिलो मिडरेन्ज फोन रेड्मी नोट १२ टर्बो सार्वजनिक भएको छ । 

साओमीले चिनियाँ बजारमा यो स्मार्टफोन सार्वजनिक गरेको हो । यो प्रोसेसर स्न्यापड्रागन ८ जेन १ जत्तिकै बलियो भएको क्वालकमको भनाइ छ । फोनमा १२० हर्ज रिफ्रेसरेट सहितको ६.६७ इन्चको डिस्प्ले छ । यसमा ६७ वाटको वायर्ड चार्जिङ सहितको ५,००० एमएएच ब्याट्री छ । 

ट्रिपल सेट क्यामेरा भएको फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा छ भने सेल्फि लागि १६ मेगापिक्सेलको क्यामेरा दिइएको छ । यसमा ३.५ एमएमको पोर्ट, ५.३ ब्लुटुथ, डुअल स्टेरियो स्पिकर, वाई-फाई ६ लगायतका सुविधाहरू छन् । 

फोन हाललाई चिनियाँ बजारको लागि मात्र उपलब्ध गराइएको छ । कम्पनीले ८ जीबी र्‍याम सहित २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य २९१ डलर तोकेको छ । त्यस्तै १६ जीबी र्‍याम सहित १ टीबी स्टोरेज भेरियन्टको मूल्य ३७८ डलर तोकिएको छ ।  

पछिल्लो अध्यावधिक: चैत २१, २०७९ १०:२७