काठमाडौं । नेपाली बजारमा रेड्मी नोट १२ सिरिज उपलब्ध भएको छ । साओमीले सोमबार नेपाली बजारमा रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो फाइभजी स्मार्टफोन भित्र्याएकाे हाे ।
रेड्मी नोट १२ मा १२० हर्ज रिफ्रेस रेटसहित ६.६७ इन्चको एमोलेड डिस्प्ले छ । क्वालकम एसएम ४३७५ स्न्यापड्रागन फोर जेन वान चिपसेटद्वारा सञ्चालित यो फोन एन्ड्रोइड १२ र मियूआई १३ मा आधारित छ ।
क्यामेराको कुरा गर्ने हो भने फोनमा तीन ओटा क्यामेरा छन्, जसमा ४८ मेगापिक्सेलको मुख्य, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो सेन्सर रहेका छन् ।
सेल्फी पारखीका लागि १३ मेगापिक्सेलको क्यामेरा उपलब्ध गराइएको छ । ४, ६ र ८ जीबी र्याम भेरियन्टमा रहेको यो फोनमा १२८ जीबी इन्टर्नल स्टोरेज रहेको छ ।
५००० एमएएच क्षमताको ब्याट्री भएको यस फोनलाई चार्ज गर्न ३३ वाटको चार्जर उपलब्ध गराइएको छ । उक्त चार्जरले २२ मिनेटमा ५० प्रतिशत चार्ज गर्ने कम्पनीको दाबी छ ।
नेपालमा ४ जीबी र्याम १२८ जीबी इन्टर्नल स्टोरेज भएको रेड्मी नोट १२ को मूल्य २२ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
त्यस्तै ६ जीबी र्याम १२८ जीबी इन्टर्नल स्टोरेज भएको मोडेलको २४ हजार ९९९ र ८ जीबी र्याम १२८ जीबी इन्टर्नल स्टोरेज भएको मोडेलको मूल्य २६ हजार ९९९ रुपैयाँ रहको कम्पनीले उल्लेख गरेको छ ।
रेड्मी नोट १२ प्रो फाइभजी
नेपाली बजारमा आएको रेड्मीको अर्को फोन हो, रेड्मी नोट १२ प्रो फाइभजी । यस मोडेलमा १२० हर्ज रिफ्रेस रेट भएको ६.६७ इन्च ओएलईडी डिस्प्ले रहेको छ । जसको सुरक्षाका लागि कम्पनीले कोर्निङ गोरिल्ला ग्लास फाइभ उपलब्ध गराएको छ ।
मिडियाटेक एमटी ६८७७ भी डाइमेन्सिटी १०८० चिपसेटद्वारा सञ्चालित यो मोडेल एन्ड्रोइड १२ र मियूआई १३ मा आधारित छ । रेड्मी नोट १२ प्रो फाइभजी ६ र ८ जीबी र्याम तथा १२८ र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ ।
यस मोडेलमा तीन ओटा रेयर क्यामेरा रहेका छन् । जसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो सेन्सर क्यामेरा रहेको छ । सेल्फी पारखीका लागि भने यस मोडेलमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।
५००० एमएएच क्षमता भएको रेड्मी नोट १२ प्रो फाइभजीलाई चार्ज गर्न ६७ वाटको टर्बो चार्जर उपलब्ध गराइएको छ, जसले १५ मिनेटमा ५० प्रतिशत र ४६ मिनेटमा फुल चार्ज गर्ने कम्पनीको दाबी छ ।
कम्पनीले रेड्मी नोट १२ प्रो फाइभजीको ब्याट्री इन्डरेन्स रेटिङ ९७ घण्टा तोकेको छ । यसको अर्थ औसतमा यो फोनको ब्याट्री ९७ घण्टासम्म टिक्छ ।
कम्पनीले ६ जीबी र्याम, १२८ जीबी इन्टर्नल स्टोरेज भएको मोडेलको मूल्य ३८ हजार ९९९ रुपैयाँ र ८ जीबी र्याम, २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य ४१ हजार ९९९ रुपैयाँ तोकिएको छ ।