close

पब्जीको दक्षिण एसियाली प्रतिस्पर्धामा चुके नेपाली टिम, शीर्ष ३ मै मङ्गोलियन टिम

टेकपाना टेकपाना

बैशाख ४, २०८० १७:३८

पब्जीको दक्षिण एसियाली प्रतिस्पर्धामा चुके नेपाली टिम, शीर्ष ३ मै मङ्गोलियन टिम

काठमाडौं । पब्जीको दक्षिण एसियाली प्रतिस्पर्धा पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया स्प्रिङ २०२३ को उपाधि मङ्गोलियाली टिमले जितेको छ । आइतबार सम्पन्न फाइनल चरणमा उत्कृष्ट प्रदर्शन गर्दै मङ्गोलियन पब्जी टिम ‘स्टलवार्ट ई-स्पोर्ट्स’ले उपाधि हात पारेकाे हो । 

स्टलवार्टले १८ गेममा दुई चिकेन डिनर र ८४ एलिमिनेसन पोइन्टसहित कूल २०९ पोइन्ट ल्याएर प्रतियोगिता कब्जा गरेको हो । त्यस्तै दोस्रो र तेस्रो स्थान पनि मङ्गोलियन टिम ‘एनबी ई-स्पोर्ट्स’ र ‘फोर मिराकल भाइब्स’ रहेका छन् ।

नेपाली टिम ‘स्काइलाइट गेमिङ’ चौंथो, ‘डीआरएस गेमिङ’ पाँचौं र ‘ट्रेन टु किल’ छैटौँ स्थानमा रहेका छन् । ‘डीआरएस गेमिङ’ले पहिलो दिन उत्कृष्ट सुरुवात गरेपनि त्यसलाई निरन्तरता दिन नसक्दा टिम पाँचौं स्थानमा रहन पुगेको हो ।

अन्य नेपाली टिमको कुरा गर्ने हो भने ‘इलुमिनेट क्रु’, ‘लियो ई-स्पोर्ट्स’ र ‘हाइ भोल्टेज ई-स्पोर्ट्स’ क्रमश नवौँ, १०औँ र ११औँ स्थानमा रहेका छन् ।

यस्तै ‘रअ ई-स्पोर्ट्स’ १२ औँ र ‘डेडआइज गाइज’ १६ औँ स्थानमा रहेका छन् । योसँगै ‘स्टलवार्ट ई-स्पोर्ट्स’ले नौ हजार ५०० डलर जितेको छ ।

चौंथो स्थानमा रहेको नेपाली टिम स्काइलाइट गेमिङले पनि पाँच हजार डलर हात पारेको छ । डीआरएस गेमिङ र ट्रेन टु किलले पनि जनही साढे पाँच लाख नेपाली रुपैयाँभन्दा बढी पुरस्कार जितेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८० १८:५