close

पहिलो पटक भारतमा खुल्यो एप्पल स्टोर, कम्पनीका सीईओ टिम कुकले गरे उद्घाटन

टेकपाना टेकपाना

बैशाख ५, २०८० १७:३५

पहिलो पटक भारतमा खुल्यो एप्पल स्टोर, कम्पनीका सीईओ टिम कुकले गरे उद्घाटन

काठमाडौं । एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले भारतमा एप्पलको पहिलो रिटेल स्टोर उद्घाटन गरेका छन् । दक्षिण एसियाली बजारमा प्रवेश गरेको लगभग २५ वर्षपछि कम्पनीले मंगलबार भारतमा आफ्नो स्टोर स्थापना गरेको हो ।

आफ्नो भारत भ्रमणको क्रममा कुकले मुम्बईमा एप्पल स्टोर उद्घाटन गरेका हुन् । योसँगै दोस्रो स्टोर दिल्लीमा बिहीबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

एप्पलले आफ्नो उत्पादनको हिस्सा भारतमा बढाउने तयारी भइरहँदा कम्पनीले आफ्नो रिटेल स्टोर भारतमा खोलेको हो ।

योभन्दा अगाडि आईफोनको कुल उत्पादनको एक प्रतिशत उत्पादन गरिरहेको भारतले यो वर्षको पहिलो त्रैमासिकमा सात प्रतिशत आईफोन उत्पादन गरेको छ ।

कुकले एक ट्वीट गर्दै भारतमा उद्घाटन भएको स्टोरको विषयमा जानकारी दिएको हो । मुम्बईमा रहेको रिलायन्सको शपिङ मलमा २० हजार स्क्वायर फिटको क्षेत्रफलमा कम्पनीले आफ्नो स्टोर स्थापना गरेको हो ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८० १८:२७