close

साथी विदेश गएको डाहाले सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

बैशाख ८, २०८० १६:१८

साथी विदेश गएको डाहाले सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, साइबर ब्यूराेले ललितपुरका २६ वर्षीय मिनबहादुर लामालाई गत बुधबार पक्राउ गरेकाे हाे ।

वैदेशिक रोजगारीमा रहेकी महिलाकाे चरिचत्रहत्या गर्न उनले फेसबुकमा नक्कली अकाउन्ट बनाए । उक्त अकाउन्टमार्फत पीडित महिलाको नाम राखी उनका आफन्त तथा साथीभाइलाई अश्लील फोटो पठाउन थाले ।

यसरी महिलाको चरित्रहत्या हुन थालेपछि पीडित महिलाकी बहिनीले साइबर ब्यूरोमा उजुरी दिइन्।  प्राप्त निवेदनमाथि अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न लामा पक्राउ परेकाे ब्यूराेले जनाएकाे छ ।

ब्यूराेका एक अनुसन्धान अधिकारीले बताएअनुसार लामाले पीडित महिला विदेश गएको डाहाले सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेका थिए । लामालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८० १६:१८