close

आईफोनबाट यसरी खिच्नुहोस् लङ एक्सपोजर फोटो

टेकपाना टेकपाना

बैशाख १०, २०८० ८:४१

आईफोनबाट यसरी खिच्नुहोस् लङ एक्सपोजर फोटो

काठमाडौं । यदि तपाईँ आफ्नो फोटोग्राफीको सिप आफ्नो स्मार्टफोनबाट नै देखाउन चाहनुहुन्छ भने आईफोनमा तपाईँको लागि उपयु्क्त फिचर छन् । प्राय: हाम्रो फोनमा धेरै यस्ता फिचरहरू हुन्छन् जसको बारेमा हामीलाई जानकारी हुँदैन । आईफोनको क्यामेरामा भएको यस्तै एउटा फिचरको बारेमा यहाँ उल्लेख गरिएको छ । 

आईफोनमा यसरी लिनुहोस् लङ एक्सपोजर फोटो: 

- मोबाइलको क्यामेरा एप खोल्नुहोस् 

- क्यामेरालाई लाइभ मोडमा राख्नुहोस् । यसको लागि स्क्रिनको दाहिनेतिर सबैभन्दा माथि भएको गोलो आकारको आईकनमा क्लिक गर्नुहोस् । यसपछि तपाईँको मोबाइलको स्क्रिनको माथि बिचमा 'लाइभ' भनेर देखाउँछ । 

- आफूले खिच्नको चाहेको बत्तिको वा कुनै प्रकाशको फोटो खिच्नुहोस् । 

- फोटोजमा गएर आफूले खिचेको फोटो ओपन गर्नुहोस् 

- यसपछि अघि खिचेको लाइभ फोटो ओपन गर्नुहोस् र स्क्रिनको माथिपट्टि दायाँतिर भएको लाइभ अप्सनमा क्लिक गर्नु्होस् । 

- त्यहाँ लङ एक्सपोजरमा क्लिक गर्नुहोस् । 

यसरी तपाईँले कुनै डीएसएलआर क्यामेराबाट सटर स्पिड मिलाएर खिच्नु भएको जस्तै लङ एक्सपोजर फोटो आईफोनबाट नै खिच्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८० ८:४१