एफटीटीएच इन्टरनेटमा डिशहोमसँग पनि पछि परेपछि छैटौं स्थानमा धकेलियो टेलिकम
बैशाख २६, २०८० १०:२४
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम एफटीटीएच इन्टरनेट विस्तारमा डिशहोम फाइबरनेटसँग पनि पछि परेको छ ।
साउन २०७७ मा मात्रै इन्टरनेट सेवामा प्रवेश गरेको कम्पनीले टेलिकमलाई गत माघमै पछाडि पारेको हो । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भर्खरै सार्वजनिक गरेको माघ महिनाको एमआईएस प्रतिवेदनमा डिशहोम फाइबरनेट जोड्ने ग्राहकहरूको सङ्ख्या दुई लाख १८ हजार ७३३ रहेको छ ।
तर नेपाल टेलिकमको एफटीटीएच कनेक्सन सङ्ख्या दुई लाख १७ हजार ४७९ मात्र रहेको छ । नेपाल टेलिकम वर्ल्डलिङ्क, भायानेट, सुबिसु र क्लासिक टेक जस्ता अन्य इन्टरनेट सेवाप्रदायकसँग यस अघि नै पछाडि परेको थियो । यससँगै अब यो सेवाको क्षेत्रमा टेलिकम छैटौं स्थानमा धकेलिएको छ ।
कुन सेवाप्रदायक कति औं स्थानमा ?
|
स्थान |
सेवाप्रदायक |
एफटीटीएच ग्राहक सङ्ख्या |
|
१. |
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेड |
७,४४,३१६ |
|
२. |
क्लासिकटेक |
२,६५,६०६ |
|
३. |
भायानेट |
२,६०,६७३ |
|
४. |
सुबिसु |
२,४५,२७३ |
|
५. |
डिशहोम |
२,१८,७३३ |
|
६. |
नेपाल टेलिकम |
२,१७,४७९ |
|
७. |
वेबसर्फर |
१,३२,७६९ |
|
८. |
टेकमाइन्ड्स |
१,१३,८८५ |
|
९. |
ब्रोडलिङ्क |
५३,७४२ |
|
१०. |
सीजी |
४५,६९१ |
स्रोतः नेपाल दूरसञ्चार प्राधिकरणको २०७९ माघ महिनाको एमआईएस प्रतिवेदन
पछिल्लो अध्यावधिक: बैशाख २६, २०८० १०:२४
