close

स्मार्ट टेलिकमको सेवा बन्द भएपछि सीजीनेटको ग्राहक सेवामा नयाँ नम्बर

टेकपाना टेकपाना

जेठ १०, २०८० १०:१६

स्मार्ट टेलिकमको सेवा बन्द भएपछि सीजीनेटको ग्राहक सेवामा नयाँ नम्बर

काठमाडौं । स्मार्ट टेलिकमको सेवा बन्द भएपछि सीजीनेटले आफ्नो ग्राहक सेवा नम्बर परिवर्तन गरेको छ ।

कम्पनीले एक सूचना जारी गर्दै स्मार्ट टेलिकमको सेवा बन्द भएका कारण आफ्नो नम्बर पनि परिवर्तन भएको बताएको हो । 

यसबाट प्रभावित सेवाग्राहीसँग माफि माग्दै कम्पनीले ग्राहक सेवाको लागि नयाँ नम्बरको व्यवस्थापन गरेको जानकारी दिएको छ ।

सीजीनेटको ग्राहक सेवाको लागि ०१-५९७०११३ अथवा ०१-५९७०११४ मा सम्पर्क गर्न सकिनेछ । साथै नेपाल टेलिकमको १६६००११००१३ मा पनि सम्पर्क गर्न सकिनेछ । 
 

पछिल्लो अध्यावधिक: जेठ १०, २०८० १०:१६