close

एन्ड्रोइड एपको बग पत्ता लगाउनेलाई ४० लाखसम्मको बाउन्टी

टेकपाना टेकपाना

जेठ १०, २०८० ११:३६

एन्ड्रोइड एपको बग पत्ता लगाउनेलाई ४० लाखसम्मको बाउन्टी

काठमाडौं । गुगलले एन्ड्रोइड बग बाउन्टी कार्यक्रम घोषणा गरेको छ । एक ब्लग पोस्ट गर्दै कम्पनीले यो 'मोबाइल भल्नराबिलिटि रिवार्ड प्रोग्राम' (मोबाइलको सुरक्षा कमजोरी पत्ता लगाउनेलाई पुरस्कृत गर्ने) को विषयमा जानकारी दिएको हो । 

कम्पनीका अनुसार एन्ड्रोइड एपमा भएका सुरक्षा कमजोरी पत्ता लगाउने बग हन्टर (सुरक्षा कमजोरी खोजी गर्ने व्यक्ति) ले ३० हजार डलर (करिब ४० लाख सम्मको) बग बाउन्टी प्राप्त गर्न सक्नेछन् । 

यो कार्यक्रम अन्तर्गत फर्स्ट ह्यान्ड अर्थात् एन्ड्रोइड फोनमा पहिले देखि नै इन्स्टल भएका एन्ड्रोइड एपको सुरक्षा कमजोरी पत्ता लगाउनेलाई प्राथमिकता दिइनेछ । यसमा एजीएसए, गुगल क्रोम, गुगल क्लाउड, जीमेल र क्रोम रिमोट डेस्कटप लगायतका एपहरु छन् । 

यसका साथै गुगल एलएलसी, डेभलप विथ गुगल, रिसर्च एट गुगल, रेड हट ल्याब्स, गुगल स्याम्पल्स, फिटबिट एलएलसी, नेस्ट ल्याब्स इन्क, वेमो एलएलसी, वेज लगायतका डेभलपरले तयार गरेको एपहरू पनि यो बग बाउन्टी कार्यक्रमको प्राथमिकतामा रहेको छ । 

कम्पनीका अनुसार बग बाउन्टी ५०० डलर (करिब ७० हजार रुपैयाँ) बाट सुरु हुन्छ । प्राथमिकतामा रहेका एपमा भएका बग पत्ता लगाउनेको हकमा भने २० हजार डलर देखि ३० डलरसम्मको बाउन्टी तोकिएको छ । 
  

पछिल्लो अध्यावधिक: जेठ १०, २०८० १४:३३