close

अब सबै करदातालाई क्यूआर कोड सहितको कर चुक्ता प्रमाणपत्र दिइने

टेकपाना टेकपाना

जेठ १६, २०८० ८:३७

अब सबै करदातालाई क्यूआर कोड सहितको कर चुक्ता प्रमाणपत्र दिइने

काठमाडौं । सरकारले अब क्यूआर कोड सहितको करचुक्ता प्रमाणपत्र वितरण गर्ने भएको छ । 

सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व प्रशासनलाई स्वस्थ, पारदर्शी, प्रविधिमैत्री, व्यावसायिक र करदातामैत्री बनाउन यस्तो व्यवस्था गर्न लागेको उनले बताएका हुन् । 

स्वैच्छिक कर सहभागिता एवम् कर परिपालन अभिबृद्धि गरिने पनि उनले बताए । 

साथै कर प्रशासनबाट प्रवाह हुने सेवालाई स्वचालित प्रणालीमा आबद्ध गरिने नीति अनुरुप सबै करदातालाई क्यूआर कोड सहितको करचुक्ता प्रमाणपत्र प्राप्त गर्नसक्ने व्यवस्था मिलाइने उनले बताए । 
 

पछिल्लो अध्यावधिक: जेठ १६, २०८० ८:३७