close

ट्वीटरको विकल्प खोज्दै हुनुहुन्छ ? बजारमा आयो ‘पोस्ट’ एप

टेकपाना टेकपाना

असार २, २०८० १४:२०

ट्वीटरको विकल्प खोज्दै हुनुहुन्छ ? बजारमा आयो ‘पोस्ट’ एप

काठमाडौं । ट्वीटरले विभिन्न बहानामा आफ्नो प्लेटफर्मलाई सशुल्क बनाइरहँदा प्रयोगकर्ताहरू यसको विकल्प खोज्न थालेका छन् । हालै बजारमा एउटा नयाँ आईओएस एप सार्वजनिक भएको छ । 'पोस्ट' नामक उक्त एपको फिचर ट्वीटरको जस्तै छ ।

यसमा अन्य प्रयोगकर्तालाई फलो गर्न, विभिन्न समाचारहरू खोज्न लगायतका फिचरहरू छन् । रोयटर्स, लस एन्जल्स टाइम्स, वायर्ड, याहु फाइनान्स, फर्चुन, इन्साइडर, एनबीसी जस्ता सञ्चार माध्यमले पनि पोस्टमा आफ्नो अकाउन्ट खोलेका छन् भने उनीहरू सबैको अकाउन्ट भेरिफाइड छ ।

एपभित्र रहेको न्युज ट्याब अप्सनमा क्लिक गर्दा सञ्चार माध्यमका अकाउन्टहरू फेला पार्न सकिन्छ । हेडलाइन र पहिलो अनुच्छेद पढ्न मिलेपनि पूरा समाचार पढ्नको लागि भने पोइन्टसहरू प्रयोग गर्नुपर्ने बताइएको छ ।

उक्त पोइन्टसको लागि भने प्रयोगकर्ताले तोकिएको रकम तिर्नुपर्छ । सार्वजनिक भयो ८ महिनामा नै यो प्लेटफर्ममा ४ लाख ४० हजार प्रयोगकर्ता जोडिइसकेका छन् । हाललाई यो एप आईओएस प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असार २, २०८० १४:२०