close

मोबाइलमा ई-किताब, लेख तथा समाचार सजिलोसँग पढ्न यसरी प्रयोग गर्नुहोस् रिडिङ मोड

टेकपाना टेकपाना

साउन २१, २०८० ११:४९

मोबाइलमा ई-किताब, लेख तथा समाचार सजिलोसँग पढ्न यसरी प्रयोग गर्नुहोस् रिडिङ मोड

 

काठमाडौं । मोबाइलमा समाचार तथा लेख पढ्नका लागि  ‘रिडिङ  मोड’ निकै उपयोगी छ । यो मोडले पढ्नका लागि सजिलो बनाउन विज्ञापन हटाउने, एउटा निश्चित ढाँचामा समाचार तथा आलेखहरू प्रस्तुत गर्ने काम गर्छ । 

आईओएस प्रयोगकर्ताका लागि ‘रिडर भ्यू’ एप छ । केही अगाडिसम्म गुगलले यस्तो फिचर एन्ड्रोइडमा दिएको थिएन । 

हाल भने गुगलले पनि एन्ड्रोइडमा यो फिचर उपलब्ध गराएको छ । एन्ड्रोइडमा दिइएको रिडिङ मोड गुगलको एक्सेसिबिलिटी फिचरको एक अंश हो । 

यसकारण एन्ड्रोइडमा यो मोड चलाउन केही काम गर्नुपर्ने हुन्छ । तर एन्ड्रोइड नाइन मुनिको भर्सन रहेका मोबाइलमा भने यो मोड प्रयोग गर्न सकिँदैन ।

 

एन्ड्रोइडमा रिडिङ मोड

एन्ड्रोइडमा रिडिङ मोड चलाउन गुगलले तयार पारेको एप डाउनलोड गर्नुपर्ने हुन्छ । ​विशेषत अल्प दृष्टि, अन्धोपना, वा डिस्लेक्सिया भएका प्रयोगकर्ताहरूका लागि यो एप डिजाइन गरिएको हो । 

तर इच्छुक सबैले यसलाई प्रयोग गर्न भने सक्छन् । एप इन्स्टल गर्दै गर्दा ‘रिडिङ मोड सर्टकट’ इनेबल गर्नु भयो भने डिफल्टका रूपमा फोनको स्क्रिनको माथिल्लो दायाँ भागमा फ्लोटिङ भर्चुअल एक्सेसिबिलिटी बटन देखा पर्छ । 

यसले गर्दा रिडिङ मोड अन गर्न एप खोलिरहनु पर्दैन । नोटिफिकेसन बारमा भने सबैभन्दा अन्तिममा यो एप देखिन्छ । 

यसले गर्दा कुनै पनि आलेख पढ्न बारम्बार एपमा गइरहनु पर्दैन । त्यसका लागि तपाईं फ्लोटिङ बटन वा नोटिफिकेसन बारमा जाँदा पुग्छ । 

यदि यस्तो आईकन चाहनु हुन्न भने एपको सेटिङबाट तपाईंले हटाउन समेत सक्नुहुन्छ । यो एपलाई फोनको भोलुम बटन (अप र डाउन) लाई प्रेस गर्दा खोल्न समेत सकिन्छ । यसलाई सेटिङबाट मिलाउन ‍सकिन्छ ।

एपमा प्लेब्याक फिचर दिइएको छ । यसले कुनै पनि व्यवधान बिना तपाईंलाई लेख सामग्री पढ्न सहयोग गर्छ । 

साथै एपमा आलेखको फन्ट साइज, रङ आदि परिवर्तन गर्ने सुविधा पनि छ । त्यस्तै यसमा भोइस फिचर छ । 

जसले गर्दा तपाईंले कुनै पनि काम गर्दै आलेख सुन्न सक्नुहुन्छ । त्यो आवाजलाई तपाईंले आफू अनुकूल परिवर्तन गर्न सक्नुहुन्छ ।

समग्रमा व्यस्त दैनिकीमा आलेखहरू पढ्न एन्ड्रोइड प्रयोगकर्ताका लागि यो एप उपयोगी देखिन्छ ।

 

कसरी प्रयोग गर्ने ? 

  • सबैभन्दा पहिला यहाँ क्लिक गरेर गुगलको रिडिङ मोड एप डाउनलोड गर्नुहोस् । 
  • इन्स्टल गरिसकेपछि एप खोल्नुहोस् र तल रहेको कन्टिन्यू बटनमा थिच्नुहोस् ।
  • यसो गर्दा तपाईंले तल रहेको सेटिङमा थिचेर मोबाइलको एक्सेसिबिलिटी सेटिङमा पुग्नु हुनेछ ।
  • त्यहाँबाट डाउनलोडेड एप हुँदै रिडिङ मोडमा जानुहोस् । 
  • रिडिङ मोड शर्टकट बटन अन गर्नुहोस् र अलाउ बटनमा थिच्नुहोस् । यसो गर्दा यो एपले तपाईंको स्क्रिनमा रहेको चिजहरू देख्न सक्छ । 
  • यति गरिसकेपछि मोबाइलको स्क्रिनमा रिडिङ मोडको शर्टकट बटन देखा पर्छ । 
  • अब आफूले पढ्न चाहेको ई-बुक, लेख अथवा समाचार खोल्नुहोस् र रिडिङ मोडको शर्टकट बटनमा दबाउनुहोस् । यसरी तपाईंले सहजै गुगलको रिडिङ मोड प्रयोग गर्न सक्नु हुन्छ । 

पछिल्लो अध्यावधिक: साउन २१, २०८० १२:३१