काठमाडौं । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मा फाइलहरू अपलोड गर्ने काम अवरुद्ध भएको छ । वैदेशिक रोजगार विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो ।
सूचना अनुसार एफईआईएमएसको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले सेवा अवरुद्ध भएको हो । “मँगलबार अपरान्ह ५ बजेदेखि यस विभागमा सञ्चालनमा रहेको एफईआईएमएसको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले फाइलहरू अपलोड गर्न नसकिने जानकारी गराउँदछौं,” सूचनामा लेखिएको छ ।
विभागका अनुसार केही दिनमा उक्त काम सकेपछि सेवा पुन: सुचारु गरिने छ ।