close

वाच हिस्ट्री अन नगरे युट्युबले रिकमेन्डेसनमा भिडिओ नदेखाउने

टेकपाना टेकपाना

साउन २५, २०८० १७:३३

वाच हिस्ट्री अन नगरे युट्युबले रिकमेन्डेसनमा भिडिओ नदेखाउने

काठमाडौं । वाच हिस्ट्री अफ गर्ने प्रयोगकर्ताले अब युट्यब रिकमेन्डेसनमा भिडिओ देख्न नपाउने भएका छन् । युट्युबले हालै एक ब्लग सार्वजनिक गर्दै वाच हिस्ट्री अफ गर्ने प्रयोगकर्तालाई रिकमेन्डेसनमा भिडिओ नदेखाउने फिचर ल्याउन लागेको घोषणा गरेको हो ।

“युट्युबको वाच हिस्ट्री अन गर्नुको एउटा फाइदा के हो भने यसले तपाईंहरूलाई रुचि लाग्ने भिडिओ युट्यबलाई रिकमेन्ड (सिफारिस) गर्न सघाउँछ,” युट्यबले ब्लगमा लेखेको छ, “यद्यपि, केही प्रयोगकर्ताले वाच हिस्ट्री अन वा अफ गर्न रुचाउँछन् । अबदेखि भने हामी वाच हिस्ट्री अफ गर्दा रिकमेन्डेसनमा भिडिओ नदेखिने फिचर ल्याउन लागेका छौं ।”

यससँगै अब तपाईंले वाच हिस्ट्री अफ गरेको अवस्थामा युट्युबले रिकमेन्डेसन फिचर तपाईंका लागि डिसेबल गर्नेछ । यो फिचर उपलब्ध भइसकेपछि यदि तपाईंले वाच हिस्ट्री अफ गर्नुभयो भने तपाईंको युट्युब फिड भिन्नै देखिनेछ ।

कम्पनीका अनुसार वाच हिस्ट्री अफ गर्ने प्रयोगकर्ताको युट्युबको सर्च बार तल रिकमेन्डेसनका अप्सनहरू देखिने छैनन् । अर्थात् तपाईंले आफूलाई हेर्न मन लागेका भिडिओहरू सर्च गरेर हेर्नुपर्ने हुन्छ । त्यसबाहेक सब्स्क्राइब गरेका च्यानलका भिडिओ पनि फिडमै देख्न सकिनेछ ।

कम्पनीले यो फिचर घोषणा गरेको भएपनि पूर्ण रुपमा सुरु भइसकेको छैन । सबै प्रयोगकर्तामाझ यो फिचर पुग्न अझै केही महिना लाग्ने कम्पनीले ब्लगमा उल्लेख गरेको छ । यहाँ क्लिक गरेर युट्युबको वाच हिस्ट्री अन वा अफ गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: साउन २५, २०८० १७:३३