close

ईपीएलका खेलमा पूर्वानुमान गर्दा एनसेलको निःशुल्क वायरफ्री सेवा र २५० जीबी डेटा पाउने अवसर

टेकपाना टेकपाना

साउन ३१, २०८० १०:१३

ईपीएलका खेलमा पूर्वानुमान गर्दा एनसेलको निःशुल्क वायरफ्री सेवा र २५० जीबी डेटा पाउने अवसर

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) २०२३/२४ को अवसरमा एनसेल एपमा ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता सुरु गरेको छ । यसअन्तर्गत ग्राहकहरूले साप्ताहिक रूपमा र ईपीएल सिजनको अन्त्यमा तीन जनाले ग्रान्ड प्राइज अर्थात् मुख्य पुरस्कार जित्नसक्ने कम्पनीले जनाएकाे छ ।

सहभागी एनसेल एप प्रयोगकर्ताहरूले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्न सक्छन् । प्रतियोगितामा भाग लिन प्रयोगकर्ताले एपमा लगइन गरी एपको माथिल्लो दायाँ कुनामा रहेको ह्यामबर्गर आइकनमा गएर 'Product and Win' भित्र गई आवश्यक विवरणहरु भरेर खेलको पूर्वानुमान गरेर अंकमा नतिजाहरु साप्ताहिक रूपमा भर्नुपर्ने छ ।

''ग्राहकहरुलाई साप्ताहिक रूपमा बोनस प्रश्न पनि सोधिने छ, जबबाट १० अंक संकलन गर्न सकिन्छ र सही उत्तरमा केही पुरस्कार पनि प्राप्त गर्न सकिन्छ । मुख्य पुरस्कारका रुपमा पहिलो पुरस्कार विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइसका साथ १२ महिनासम्म प्रत्येक महिना २५० जीबी डेटा सेवा पाउनेछ,'' कम्पनीले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ।

त्यस्तै दोस्रो पुरस्कार विजयी ग्राहकले ६ महिनासम्म निःशुल्क वायरफ्री डिभाइसका साथ प्रत्येक महिना २५० जीबी डेटा सेवाको फाइदा लिन सक्नेछन् । त्यसैगरी तेस्रो विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइस र प्रति महिना २५० जीबी डेटा तीन महिनासम्म पाउने कम्पनीले जनाएकाे छ ।

यतिमात्र नभई, विजेताहरूलाई उनीहरूको मनपर्ने टोलीको होम जर्सी र क्लबका सामानहरू पनि प्रदान गरिनेछ । यो प्रतियोगिता ईपीएल सिजनको अन्त्य नभएसम्म अर्थात् १९ मे २०२४ (जेठ ६, २०८१) सम्म चल्नेछ ।

सबैभन्दा धेरै अंक ल्याउन सफल प्रतियोगीहरूलाई विजेता घोषित गरी साप्ताहिक पुरस्कार र मुख्य पुरस्कारहरू प्रदान गरिनेछ । साप्ताहिक पुरस्कारमा पाँच भाग्यशाली साप्ताहिक विजेताहरूलाई सबैभन्दा बढी प्राप्त गरेको अंकको आधारमा रु. ९९८ पर्ने कम्बो प्याक प्रदान गरिने छ ।

यो प्याकमा ननस्टप अल नेट भ्वाइस सेवाका साथ प्रत्येक दिन २ जीबी डेटा र ४०० अल नेट एसएमएस पाउनेछन्, जुन २८ दिनको लागि मान्य रहन्छ । 
 
विजेताहरू घोषणाको जानकारी एसएमएस र एनसेल एपमार्फत मार्फत प्रदान गरिने कम्पनीले जनाएकाे छ  । पूर्वानुमान गरेको स्कोर, नतिजा वा अंक प्रतियोगीमाझ जुध्न गएमा विजेता गोला प्रथाको आधारमा छनोट गरिनेछ ।

प्रतियोगितामा सहभागीहरुले विजयी टोली मिलाउन सफल भएमा ३ अंक र सही गोल अर्थात् स्कोर मिलाउन सकेमा ५ अंक प्राप्त गर्दछन् । यस प्रेडिक्ट एन्ड विन प्रतियोगितामा एनसेलका १८ वर्षभन्दा माथिका ग्राहकहरू मात्र भाग लिन योग्य हुन्छन् । ईपीएल खेलहरूको पूर्वानुमान निश्चित खेलको हप्ताको पहिलो खेलभन्दा ३० मिनेट अगाडिसम्म मात्र गर्न सकिने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: साउन ३१, २०८० १०:३०