close

आईटी पढ्ने करिब २५० विद्यार्थीलाई छात्रवृत्ति दिँदै पोखरा विश्वविद्यालय, यसरी दिनुहोस् आवदेन

टेकपाना टेकपाना

भदौ १, २०८० १७:४१

आईटी पढ्ने करिब २५० विद्यार्थीलाई छात्रवृत्ति दिँदै पोखरा विश्वविद्यालय, यसरी दिनुहोस् आवदेन

काठमाडौं । पोखरा विश्वविद्यालयले स्नातक तहमा आईटी पढ्ने करिब २५० जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । एक सूचना जारी गर्दै विश्वविद्यालयले विज्ञान तथा प्रविधि सङ्काय, व्यवस्थापन सङ्काय र मानविकी तथा समाजिक शास्त्र सङ्काय अन्तर्गतका शैक्षिक कार्यक्रमहरूमा छात्रवृत्ति दिने जानकारी दिएको हो ।

सूचनाअनुसार विश्वविद्यालयले कम्प्युटर इन्जिनियरिङमा ८३, सफ्टवेयर इन्जिनियरिङमा २४, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङमा ५, बीआईटीमा ३०, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा २९ विद्यार्थीलाई विश्वविद्यालयले छात्रवृत्ति दिनेछ ।

त्यस्तै बीसीएमा ४५, बीसीएसआईटीमा ३५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ ।

विश्वविद्यालयले यी बाहेक अन्य नन्आईटी कोर्षहरूमा पनि विद्यार्थीलाई छात्रवृत्ति दिने भएकाे छ । तर अहिले तोकेको यी छात्रवृत्ति कोटा थपघट भने हुनसक्ने सूचनामा उल्लेख छ । 

छात्रवृत्तिमा यी विषयहरू पढ्न विद्यार्थीले भदौ २ गतेदेखि १७ गतेसम्म अनलाइनबाट फारम भरी आवेदन दिनुपर्ने छ । (यसका लागि यहाँ क्लिक गर्नुहोस्) । तर कक्षा ६ देखि कक्षा १० सम्म सार्वजनिक विद्यालयबाट अध्ययन गरी एसईई वा एसएलसी भने अनिवार्य रुपमा उत्तीर्ण गरेको हुनुपर्नेछ । 

छात्रवृत्तिका लागि परीक्षा भदौ २२ र २३ गते विश्वविद्यालयको प्राज्ञिक कम्प्लेक्स, पोखरामा हुनेछ । 

छात्रवृत्तिबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् । कसरी अनलाइनबाट छात्रवृत्तिका लागि फारम भर्नेबारे सिक्न यहाँ क्लिक गर्नुहोस् ।

हेर्नुहोस् सूचना




 

पछिल्लो अध्यावधिक: भदौ १, २०८० १७:४१