close

स्मार्टवाच उत्पादनका लागि थ्रीडी प्रिन्टिङ प्रयोग गर्दै एप्पल

टेकपाना टेकपाना

भदौ १६, २०८० ८:३८

स्मार्टवाच उत्पादनका लागि थ्रीडी प्रिन्टिङ प्रयोग गर्दै एप्पल

काठमाडौं । एप्पलले आफ्नो आगामी स्मार्टवाचहरूको चेसिस (मुभमेन्ट, ह्यान्ड जस्ता महत्त्वपूर्ण भएको भाग) बनाउन थ्रीडी प्रविधि प्रयोग गर्ने भएको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्था ब्लुमबर्गका अनुसार एप्पलले वाच सिरिज नाइनका मोडेलहरूमा यो प्रविधि प्रयोग गर्ने भएको हो ।

हाल एप्पलले धातुको पातालाई ठीक आकारमा काटेर घडीको च्यासिस बनाउने गरेको छ । नयाँ प्रविधिबाट भने धातुको खपत र घडीको उत्पादन गर्दा लाग्ने समय कम हुने बताइएको छ ।

त्यस्तै रियल स्टेट, एरोस्पेस जस्ता क्षेत्रमा प्रयोग भइसकेको यस प्रविधिले प्रविधि उद्योगमा पनि निकै उपयोगी हुने विश्वास गरिएको छ । सामान्यतः: थ्रीडी प्रिन्टिङमा भौतिक वस्तुहरू बनाउन डिजिटल डिजाइन प्रयोग गरिन्छ । त्यस्तै अन्तिम वस्तु बनाउन तहगत रुपमा धातु थप्दै गइन्छ ।

एप्पलले 'बाइन्डर जेटिङ' (Binder Jetting) विधि प्रयोग गरी घडीको च्यासिस बनाउन लागेको हो । एप्पलले पछिल्लो तीन वर्षदेखि यस प्रविधि परीक्षण गरिरहेको र सफल भए आगामी उत्पादनहरूमा यही प्रविधि गर्ने बताइएको छ ।

एप्पलले यही सेप्टेम्बर १२ मा हुने एप्पल इभेन्टमा वाच टु अल्ट्रा सहित वाच सिरिज नाइन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । वाच सिरिज नाइनमा प्रोसेसर, ब्याट्री ब्याकअप लगायतका अन्य विभिन्न परिवर्तन हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: भदौ १६, २०८० ८:३८