close

स्मार्टफोन बजारमा एप्पलको दबदबा, धेरै बिक्री हुनेमध्ये यी ४ आईफोन मोडेल अगाडि

टेकपाना टेकपाना

भदौ १६, २०८० १६:२५

स्मार्टफोन बजारमा एप्पलको दबदबा, धेरै बिक्री हुनेमध्ये यी ४ आईफोन मोडेल अगाडि

 

काठमाडौं ।  सबैभन्दा बढी बिक्री हुने फोनमध्ये आईफोन १४ प्रो म्याक्स अग्रस्थानमा परेको छ । स्मार्टफोनको बजार अध्ययन गर्ने संस्था ओम्डियाको पछिल्लाे तथ्याङ्कले यस्तो देखाएको हो ।

तथ्याङ्क अनुसार सन् २०२३ काे मध्यसम्म सबैभन्दा बढी बिक्री हुनेमा फाेनमा आईफोन १४ प्रो म्याक्स रहेको छ भने दाेस्राे, तेस्राे र चाैंथाे स्थानमा पनि एप्पलकै उत्पादन छन् । ​यसअन्तर्गत आईफोन १४ प्रो दाेस्राे, आईफोन १४ तेस्राे र आईफोन १३ चाैंथाे स्थानमा छन् । 


स्रोत: ओम्डिया

ओम्डियाको डेटा अनुसार यो वर्षकाे सुरुवाती छ महिनामा आईफोन १४ प्रो दुई करोड ६५ लाख बढी संख्यामा बिक्री भएको छ  । त्यस्तै यो वर्षको सुरुवाती छ महिनामा मा आईफोन १३ विश्वभर एक करोड ५५ लाख बढी बिक्री भएको छ ।

एन्ड्रोइड फोनहरूमा भने सबैभन्दा बढी बिक्री हुनेमा सामसङका फोन छन् । शीर्ष १० फाेनमध्ये सामसङका पाँच माेडेल अटाएका छन् । एप्पल र सामसङ बाहेक अन्य ब्रान्डका माेडेल याे सूचीमा परेनन् ।

पछिल्लो अध्यावधिक: भदौ १६, २०८० १६:२८