close

खुल्यो ६१० किमि रेन्ज भएको नेटा यू प्रोको बुकिङ, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

भदौ २८, २०८० १२:५०

खुल्यो ६१० किमि रेन्ज भएको नेटा यू प्रोको बुकिङ, यस्तो छ मूल्य र फिचर

 

काठमाडौं । चौधरी ग्रुपले चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी होजोन अटोको अर्को विद्युतीय कारका लागि बुकिङ खुलाएको छ । नेटा भीमार्फत गत वर्ष बजारमा प्रवेश गरेको यो कम्पनीले आगामी वर्षको वैशाखसम्म अर्को मोडेल थप्ने भएको हो । 

सीजीले हाल राजधानीमा जारी नाडा अटो शोमा नेटा भीसँगै नेटा यू प्रो र नेटा जीटी समेत प्रदर्शनीमा राखेको छ । ग्राहकले नाडा अटो शोमा रहेको कम्पनीको स्टलबाट समेत नेटा यू प्रो बुकिङ गर्न सक्नेछन् । 

५२ लाख रुपैयाँबाट सुरु हुने यो गाडीको माथिल्लो भेरियन्टको मूल्य ७५ लाख रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ । ४०० किलोमिटर, ५०० किलोमिटर र ६२० किलोमिटर गरी विभिन्न भर्सनमा उपलब्ध हुने यो गाडी प्रदर्शनीका क्रममा भने बायाँ छेउतर्फ बसेर चलाउन मिल्ने स्वरूपमा आएको छ । 

तर वैशाखमा भने नेपाल सुहाउँदो दायाँ तर्फ नै ड्राइभर सिट हुने सीजीले जनाएको छ । पूर्ण स्वचालित पार्किङ असिस्टेन्ट,  अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किपिङ, ब्लाइन्ड स्पोट मनिटरिङ, फरवार्ड कोलिसन वार्निङ, लेन डिपार्चर वार्निङ, हाई स्पिड क्रुज असिस्ट, ट्राफिक साइन रिकग्निसन, स्मार्ट हाई बिम असिस्ट, ट्राफिक जाम असिस्ट जस्ता फिचर यो गाडीमा रहेका छन् । 

नेटा एस मोडेल समेत भित्र्याउने तयारी गरिरहेको सीजीले उक्त गाडी २०८१ को भदौसम्म आइपुग्ने जनाएको छ । तर नेटा जीटी भने नेपाल आउने विषयमा अहिलेसम्म निश्चित भइसकेको छैन । 

पछिल्लो अध्यावधिक: भदौ २८, २०८० १२:५०