close

योग्यता नपुगेका शिक्षकहरूले सीएसआईटी पढाउँदै, डीन कार्यालय भन्छ- कारबाही गर्छौं

टेकपाना टेकपाना

असोज २, २०८० १२:११

योग्यता नपुगेका शिक्षकहरूले सीएसआईटी पढाउँदै, डीन कार्यालय भन्छ- कारबाही गर्छौं

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका बीएससी सीएसआईटी कार्यक्रम सञ्चालन गर्ने क्याम्पसहरूमा योग्यता नपुगेको शिक्षकहरूले अध्यापन गराएको पाइएको छ ।

त्रिवि सेवा आयोगका मापदण्ड विपरीत योग्यता नपुगेका शिक्षकहरूले अध्यापन गराउँदै आएको सम्बन्धमा व्यापक गुनासो आएपछि डीन कार्यालयले क्याम्पस प्रमुखहरूलाई सम्बोधन गर्दै एक सूचना जारी गरेको छ ।

सूचनामार्फत डीन कार्यालयले क्याम्पसहरूलाई सेवा आयोगले तोकेको मापदण्ड पूरा गरेका शिक्षकलाई मात्र नियुक्त गरी अध्यापन गराउन अनुरोध गरेको छ । यदि त्यसो नगरी योग्यता नपुगेका शिक्षकहरूले अध्यापन गराएको पाइए त्रिवि नियमानुसार कारबाही गरिने कार्यालयले चेतावनी दिएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०८० १२:२०